धरानको पहिचान बोकेको ‘धराने मोमो’ सुरु

  • माघ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको मौलिक पहिचान बोकेको परम्परागत मोमोको स्वाद र इतिहासलाई पुनर्जीवित गर्ने उद्देश्यसहित ‘धराने मोमो’को औपचारिक सुरुवात गरिएको छ।

होटल व्यवस्थापन शिक्षामा लामो समयदेखि क्रियाशील यूएन नवोदय कलेजअन्तर्गत सञ्चालित यूएन केक एण्ड बारिस्टाको सफलतापछि नयाँ ब्रान्डका रूपमा ‘धराने मोमो’ सुरु गरिएको हो।

१५ वर्षभन्दा बढी समयदेखि व्यवहारिक, अनुसन्धानमुखी तथा व्यवसाय–केन्द्रित शिक्षा प्रदान गर्दै आएको यूएन नवोदय कलेजले Teaching Hotel School अवधारणाअन्तर्गत यो पहल अघि बढाएको जनाएको छ। क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो र होटल व्यवस्थापन संयोजक गगनमान श्रेष्ठको समन्वय तथा नेतृत्वमा यो परियोजना अघि बढाइएको हो।

गहिरो अनुसन्धानका आधारमा धरानको ऐतिहासिक मोमोको मौलिक स्वाद, विधि र पहिचानलाई पुनःस्थापित गर्दै यसलाई व्यवसायिक रूपमा अघि बढाउने लक्ष्य लिइएको जनाइएको छ। धराने मोमो केवल खानाका रूपमा मात्र नभई धरानसँग जोडिएको संस्कृति, भावना र इतिहासको अनुभूति गराउने माध्यमसमेत हुने विश्वास लिइएको छ।

‘खाना केवल पेट भर्ने साधन होइन, यो संस्कृतिको अनुभूति हो’ भन्ने अवधारणालाई आत्मसात गर्दै सुरु गरिएको यस परियोजनामार्फत स्थानीय खानाको महत्वबारे ज्ञान दिनुका साथै विद्यार्थीहरूलाई उत्पादन, ब्रान्डिङ, सेवा तथा व्यवस्थापन क्षेत्रमा प्रत्यक्ष व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।

साथै, धरानका स्थानीय तथा रैथाने परिकारलाई ब्रान्डिङ गर्दै राष्ट्रिय पहिचानसहित अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्य रहेको छ। नेपालमा मोमो प्रवेश गरेका ऐतिहासिक नाकामध्ये धरान एक महत्वपूर्ण केन्द्र मानिन्छ।

समयक्रममा मोमो काठमाडौं केन्द्रित हुँदै आधुनिक रूपमा विकास भए पनि धरानको मौलिक मोमो ओझेलमा पर्दै गएको सन्दर्भमा ‘धराने मोमो’ ले हराउँदै गएको इतिहास जोगाउने प्रयास गरेको जनाइएको छ।

धरानभित्र र धरान बाहिरका ग्राहकलाई ऐतिहासिक धराने मोमोको स्वाद र अनुभूति प्रदान गर्ने उद्देश्यसहित सुरु गरिएको यो पहलले स्थानीय खानाको पहिचान जोगाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved