भोजपुरमा एकै परिवारका चार जनाको विभत्स हत्या, अभियुक्तले प्रहरीलाई आफैं खबर गरे

  • असार २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२, धोत्लेखानीस्थित एउटै घरभित्र आइतबार राति एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।

धारिलो हतियार प्रहार गरी ससुरा, सासु, श्रीमती र सालोको ज्यान लिएपछि अभियुक्त आफैं प्रहरीमा फोन गरेर भने– ‘मान्छे मारेको छु, समात्न आउनु’

राजेन्द्र राई नामका व्यक्तिले आफ्नै ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार चक्कु प्रयोग गरी हत्या गरेका हुन् ।

घटनालगत्तै आइतबार राति १ः१५ बजे अभियुक्त राजेन्द्र राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरी ‘मान्छे मारेको छु, मलाई समात्न आउनु’ भन्दै जानकारी गराएका थिए ।
उक्त सूचना पाएपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी निरीक्षक अशोक खवासको टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरी टोलीले राजेन्द्रलाई रामप्रसादराई–१ स्थित हुर्बु भञ्ज्याङको सडक किनारमा पेटमा तीन स्थानमा चक्कु लागेर गम्भीर घाइते अवस्थामा फेला पारेको थियो ।
उनको अवस्था गम्भीर भए पनि बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक बयानमा राजेन्द्रले आफूलाइ पत्नीको आमाले चक्कु प्रहार गरेपछि प्रतिकारस्वरूप ससुरा बेलबहादुर गिरी(६८), सासु मञ्जु गिरी (४५), श्रीमती र सालोलाई चक्कु प्रहार गरी मारेको स्वीकार गरेका छन् ।

चारै जनाको शव एउटै कोठाभित्र रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घाइते राईलाई थप उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा पठाइएको छ ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
त्यस्तै, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय घोडाटारबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा ७ सदस्यीय टोली घटनास्थल पुगिसकेको छ ।

घटनाले सम्पूर्ण स्थानीय क्षेत्र शोकाकुल बनेको छ । प्रहरीले घटनालाई अत्यन्तै गम्भीर मानेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved