आज हरिशयनी एकादशीः चतुर्मास सुरु, तुलसीको बिरुवा सारिँदै

  • असार २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/आज हिन्दू धर्मावलम्बीहरूले आस्था र श्रद्धापूर्वक हरिशयनी एकादशी मनाइरहेका छन् । आषाढ शुक्ल पक्षको एकादशीका दिन मनाइने यो पर्वलाई देवशयनी एकादशी पनि भनिन्छ ।

धार्मिक मान्यताअनुसार आजको दिनदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनाका लागि शयनमा जानुहुन्छ र चतुर्मास सुरु हुन्छ ।

धरान, इनरुवा, इटहरी लगायतका शहर तथा गाउँका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । व्रत, पूजा तथा तुलसीको बिरुवा सार्ने परम्परागत अभ्यास आज विशेष रूपमा सम्पन्न गरिँदैछ ।

हरिशयनी एकादशीको दिन घर–घरमा गमलामा रहेको तुलसीको बिरुवा जमिनमा सार्ने चलन छ । यसलाई शुभ कार्यको सुरुआतको संकेत मानिन्छ । विष्णुका प्रिय वनस्पति मानिने तुलसीलाई यस दिन विशेष पूजा गरिन्छ ।

आजदेखि सुरु हुने चतुर्मासको अवधिमा विवाह, ब्रतबन्ध, गृहप्रवेश, दीक्षा, यज्ञ आदि शुभकार्य नगर्नु पर्ने धार्मिक मान्यता छ । भाद्र शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन भगवान् विष्णु शयनबाट उठ्नुहुने जनविश्वास छ ।

 काेशी प्रदेशका मठ–मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । कतिपय मठमन्दिरमा रातभर भजन, कीर्तन र जागरणको कार्यक्रम पनि तय गरिएको छ ।

धार्मिक विश्वास अनुसार यो एकादशी व्रत लिंदा पाप क्षय हुने र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved