बसको डिक्कीमा लुकाइएको ३७१ बोतल भारतीय रक्सी बरामद

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीको नियमित चेकजाँचको क्रममा ठूलो मात्रामा अवैध भारतीय मदिरा बरामद गरिएको छ।

बिहीबार राति करिब ८:३० बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा तर्फ गइरहेको GAA 0188 नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको साइड डिक्कीमा लुकाई छिपाई ल्याइएको ३५९ बोतल Old Monk Deluxe Rum (७५० एमएल) र १२ बोतल Royal Stag (७५० एमएल) फेला पारेको हो।

मदिरासहित प्रहरीले जिल्ला कास्कीको पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा ती मदिरा निजकै रहेको खुलेको प्रहरीले जनाएको छ।

बरामद गरिएको मदिरा र पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत आन्तरिक राजस्व कार्यालय, ईटहरी पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved