धरान हुँदै नडाहातर्फ आउँदै गरेको कारमा ठूलो परिमाणमा गाँजा फेला

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा लागू औषध गाँजा फेला परेको छ।

प्रहरीले चेकजाँचका क्रममा १६२ किलो गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ भने कारमा सवार दुई जना भने प्रहरी देख्नासाथ फरार भएका छन्।

मिति २०८२ साल असार २१ गते राति २:१० बजे, सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहा चोकस्थित क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा बाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा धरानबाट नडाहातर्फ गइरहेको MH 02 BP 9742 नम्बरको सुजुकी कम्पनीको भारतीय कार प्रहरी टोलीलाई देख्नासाथ सडकमै रोकिन पुगेको थियो। तर, उक्त कारमा सवार दुई जना व्यक्ति प्रहरी देख्नेबित्तिकै फरार भएका थिए।

पछि प्रहरीले कारको डिक्की खोली जाँच गर्दा कालो प्लास्टिकका ५ वटा पोका र जेब्रा झोलामा राखिएका ३ वटा पोका, गरी जम्मा ८ वटा पोकामा राखिएको १६२ केजी लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो।

हाल उक्त लागू औषधसहितको कारलाई नियन्त्रणमा लिइइलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ। फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved