तस्कर र सशस्त्र प्रहरीबीच भीडन्त: ६ जना प्रहरी घाइते, स्थिति नियन्त्रणमा

  • असार २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिरमा

जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र तस्करबीच भीडन्त भएको छ । उक्त घटनामा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

घाइतेहरुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाको विदेह नगरपालिका–२ अन्तर्गत वैदेही दुहबी क्षेत्रको नेपाल–भारत सीमास्थलमा बिहीबार साँझ ७ बजेतिर घटनाको सुरुवात भएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार तस्करीको सामान नेपाल भित्र्याएर आँपको बगैंचामा राखिएको भन्ने गोप्य सूचनाका आधारमा ३० जना सशस्त्र प्रहरीको टोली त्यस क्षेत्रमा पुगेको थियो ।

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करको समूहले भाटा, घरेलु हतियार र ढुंगामुढा प्रयोग गरी आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको हो ।

घटनामा उग्र बन्दै गएको भीडलाई तितरबितर पार्न प्रहरीले १३ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले जानकारी दिए ।

भीडन्तपछिको अवस्था अहिले नियन्त्रणमा रहेको जनाइएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved