धनकुटामा चार सवारी ठोक्किँदा कोसी राजमार्ग अवरुद्ध

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा एकैपटक चार सवारीसाधन एकापसमा ठोक्किँदा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

धनकुटा जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११ बजे प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक बिग्रिएर पछाडि सर्दै गर्दा सोही दिशाबाट आइरहेको प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरमा ठोक्किएको थियो।

टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडी पनि ठक्कर खाँदै अर्को ट्रक (प्रदेश १–०२–००१ क ४८९२ नम्बर)मा ठोक्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

दुर्घटनामा मानवीय क्षति नभए पनि चारै सवारीसाधन सडकमा अड्किएका कारण धनकुटादेखि भोजपुर र सङ्खुवासभा जोड्ने कोसी राजमार्गको आवागमन अवरुद्ध भएको छ।

सडक बन्द हुँदा दर्जनौँ सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरू लामो समयदेखि अलपत्र परेका छन्।

डिएसपी खनालका अनुसार सडक खुलाउन जेसीबी प्रयोग गरी सवारीसाधन हटाउने प्रयास भइरहेको छ। बाटो सुचारु हुन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved