अध्यारोबाट उज्यालोतर्फ : ४७ औं वर्षमा प्रवेश गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/नेपाली यातायात श्रमिक आन्दोलनको एक ऐतिहासिक मितिका रूपमा रहेको २०३६ साल असार ९ गते स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज ४६ औं वर्ष पुरा गरी ४७ औं वर्षमा प्रवेश गरेको छ।

त्यतिबेला निरङ्कुश पञ्चायती शासनकाल, राजनैतिक अधिकार कुण्ठित अवस्थामा सुनसरी जिल्लाको पानीपिया जङ्गलमा स्थापना भएको यस संगठनले नेपाली श्रमिक आन्दोलनमा क्रान्तिकारी परिवर्तन ल्याएको इतिहास छ।

संगठन गठनपछिका प्रारम्भिक दिनमा चालकहरूलाई हत्कडी लगाउने प्रथा अन्त्य, संगठन खोल्न पाउने अधिकार सुनिश्चित गर्नसहित १३ बुँदे मागसहित ७ दिने चक्काजामको घोषणा गरिएको थियो।

त्यसपछि संगठनका तत्कालीन अध्यक्ष कमल बुढाथोकीसहित नेताहरूलाई गिरफ्तार गरी ३६ दिनसम्म विराटनगर कारागारमा राखिएको थियो।

छोटो समयमै संगठन ८ अञ्चलसम्म विस्तार भइसकेको थियो। त्यस अवधिमा नेतृत्वमाथि व्यापक दमन भएको थियो — बागमतीका सचिव खगेन्द्र नेपालमाथि यातना दिइएको, कागजात जफत गरिएको, कतिपय नेताहरू पञ्चायती शासनतर्फ समाहितसमेत भएका थिए।

करिब ६ वर्षसम्म संगठन कमजोर अवस्थामा रह्यो।

तर, २०४३ फागुन ३० मा पोखरामा आयोजित राष्ट्रिय भेलाले संगठनमा नयाँ ऊर्जा भरेको थियो। त्यसपछि विभिन्न आन्दोलन, मागपत्र, चक्काजाम हुँदै संगठनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ निर्माण गराउन महत्वपूर्ण भूमिका खेलेको छ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनमा पनि संगठनको सक्रिय सहभागिता रहेको थियो। सो क्रममा प्रद्युन्न खड्का र अनिल तामाङ लगायतका श्रमिकहरूले बलिदान दिएका थिए।

त्यसयता लाइसेन्स निलम्बन, जरिवाना वृद्धि लगायतका मुद्दामा निरन्तर संघर्ष, अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटिएफ) सँग सम्बन्ध विस्तार हुँदै नेपाली श्रमिकको आवाज विश्वमञ्चमा उठाउने काम भइरहेको छ।

हालै मात्र सार्वजनिक यातायातको ऐन संशोधन र सडक सुरक्षा परिषद् निर्माणका लागि सरकारसामु ६ बुँदे सहमति गराइएको छ। संगठन नेतृत्वले ऐनलाई समयानुकूल परिमार्जन गर्दै श्रमिक र यात्रु सुरक्षामा केन्द्रित रणनीति अघि सारेको छ।

देशभर ११ लाखभन्दा बढी यातायात श्रमिकहरूलाई सामाजिक सुरक्षा दायरामा ल्याउने, पेशागत हकहित सुनिश्चित गर्ने, नीति निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्दै नेतृत्व विकासमा जोड दिने रणनीति रहेको अध्यक्ष भीमज्वाला राईले बताएका छन्।

वर्तमान परिवेशमा नेपाली सार्वजनिक यातायातको व्यवस्थापन र सुधारमा संगठनको भूमिका झन महत्वपूर्ण बन्दै गएको छ। संगठन न केवल यातायात श्रमिकहरूको मात्र नभई आम जनताको साझा आवाज बनेको अध्यक्ष राईको भनाइ छ।

४७ औं स्थापना दिवसको अवसरमा अध्यक्ष भीमज्वाला राईले सम्पूर्ण श्रमिक, नेतृत्व तह र शुभेच्छुकहरूलाई बधाई र शुभकामना दिएका छन्।

 

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

धरानबाट जङ्गलतर्फ लग ...

सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस् ...

मेची भन्सार कार्यालय ...

झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ क ...

धरानको बजेट प्रक्रिय ...

धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved