कोशी किनारको बदलिँदो जीवनशैली : घट्दै गोठालो पेशा, बढ्दै व्यवसायिक पशुपालन

  • असार ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -नवराज विष्ट

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस्तीको जीवनशैली पनि बदलिँदो छ। विगत एक सय वर्षमा कोशी नदीले पटक–पटक धार परिवर्तन गरेसँगै यहाँको समाज र जीविकोपार्जन शैलीमा पनि ठूलो फेरबदल आएको छ।

वयोवृद्ध आनन्दप्रसाद गौतमका अनुसार सन् १९८५ मा कोशी पूर्वी तट हुँदै बग्थ्यो। बर्सेनि बाढीले धार फेरिरहँदा बस्तीहरू पनि सर्न बाध्य भए। यस क्षेत्रमा कृषि र पशुपालन नै मुख्य पेशा भए पनि परम्परागत गोठालो पेशा भने विस्तारै हराउँदै गइरहेको छ।

‘पहिले सयौं गाईवस्तु हुन्थे, गोठभित्र गाई बाँधेर राखिन्थ्यो, बिहान कोशीपारि चराउन पठाइन्थ्यो,’ गौतम भन्छन्, ‘आज गाई–भैंसी गनिन सकिने भए, गोठहरू रित्तिँदै गएका छन्।’

शिवनारायण चौधरी, बराहक्षेत्र–४ का अर्का पशुपालक पनि भन्छन्, ‘पहिले जस्तो कोशीपारि वस्तु तार्ने चलन घट्दै गएको छ। अब कोशी वारि नै वस्तुभाउ पाल्न थालेका छौं।’

कोशी किनारको गोठालो संस्कृति मात्र होइन, परम्परागत स्वरूपमा व्यापक परिवर्तन आएको छ। आधुनिक कृषि र व्यवसायिक पशुपालनतर्फ युवा पुस्ताको आकर्षण भने बढ्न थालेको छ।

युवा व्यवसायी कैलाश कार्की सात महिनादेखि जलाल टिक्रीमा १५० राँगासहित व्यवसायिक पशुपालन गरिरहेका छन्। १२० बिघामा मकै खेती गर्दै, घाँस उत्पादनका लागि साइलेज मेसिन प्रयोग गरेका छन्।

‘कृषि र पशुपालनलाई आधुनिकता र औद्योगिक दृष्टिले अघि बढाउन खोजेका हौं,’ कार्कीले भने।

श्रीलङ्का टप्पुका भरत यादवको गोठमा अहिले पनि सयौं भैंसी र गाई छन्। यादव भन्छन्, ‘पशुपालनको राम्रो सम्भावना छ, नयाँ पुस्ताले चाहिन्थ्यो भने यो पेशाबाट पनि राम्रो आम्दानी सम्भव छ।’

पशुपालनका परम्परागत अभ्यास हराउँदै गएकै भए पनि आधुनिक व्यवसायिक दृष्टिकोणबाट कोशी किनारमा नयाँ सम्भावनाहरू खुलेका छन्। कोशी किनारको बदलिँदो समाज र पेशागत रूपान्तरणको कथा अझै कोशीको छालझैँ बहिरहेकै छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved