विश्वलाई चकित बनाउने धरानका दिपेन्द्र, हङकङमा डटपेनले चित्र बनाउन सिकाउने गुरु

  • जेठ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt - रणध्वज लोहार

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा दुरुस्तै मुहार चित्र बनाएर विश्वलाई चकित बनाएका छन् । 

डिजिटल प्रविधीको विकासमा उनले चुनौती दिदैं हङकङमा रहेर डटपेनले नेपाली र त्यहाँ रहेका विदेशीहरुको मुहार चित्र छिनभरमा नै दुरुस्तै उतारेर उनको अद्भुद कलालाई विश्व सामु पुर्याएर नेपाल र नेपालीको गौरबलाई समेत उचो बनाउँदै आएका छन् ।

धरान ११ निवासी शिवचौक निवासी डेढ दशक अघिदेखि रोजागारको शिलसिलामा पुगेर चित्रकलालाई समेत निरन्तररता दिदै हङकङ,वाह्य पर्यटक र नेपालीलाई चित्र कोर्न सिकाउने गुरुको रुपमा समेत परिचित छन् ।

उनी भन्छन,“चित्र कोर्न लत नै बस्यो,चित्र नकोरिकन मलाई आत्मा सन्तुष्टि नै मिल्दैन,नेपालमा रहेर पनि धेरै मुहार चित्र कोर्दै आएँ र रोजगारको लागि हङकङ गएपनि चुप लागेर बस्न मनले मानेन ,आफ्‌नो कलालाई निरन्तरता दिएँ,अहिले त नेपाली सहित त्यहाँ रहेका र आउने पर्यटकहरुलाई समेत आफुले जानेको कलालाई सिकाउने गरेको छु ।”

५० बर्षिय दिपेन्द्रले २००५ मा हरितालिका तीजमा नुहाईरहेकी महिलाको तस्वीर डटपेनले नै बनाएको चित्रले सर्वत्र चर्चाको शिखर चुम्न सफल भयो र युवा प्रतिभा पुरस्कारले सम्मानित समेत हुन सफल भए । उनले बनाएका हजारौ चित्रहरु उत्तिकै छन् । अफगान गर्लको चित्रले विश्व सामु नै उत्कृष्ट भएर सन्चार माध्यममा चर्चा कमाउन सफल बन्यो । 

वाल्यकालदेखि नै पेन्सिलको माध्यमबाट चित्र बनाउने अदभुद कला भएका रार्ई आत्मा सन्तुष्टि मात्रै होइन कलालाई सम्मान र प्रोत्साहन गर्न सके बाँच्ने आधार समेत बन्ने बताउँछन् ।

सामान्य जीवन शैली र चर्चामा आउन खासै चासो नराख्ने राई हाल १५ बर्षपछि धरान आइ पुगेका छन् ।

धरान आएका बेला कोशी पत्र जम्काभेटमा आर्टिष्ट दिपेन्द्र राईसँग गरिएको भिडियो कुराकानीःप्रस्तुत गरिएको छ । :

 

तस्बिरहरू हेर्नुस् :

1749893533352 1749893545973 1749893551483 IMG-20250614-WA0028 IMG-20250614-WA0027 1749893525492 1749893529718

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved