शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच सम्मेलन मुख्य आयोजक उल्लेखित ब्यानरमा सुरु भएको सम्मेलनको पहिलो कार्यक्रम आज जेठ ३० गते काठमान्डौको पुतलीसडक नजिकै कमलादी स्थित रास्ट्रीय प्रज्ञा प्रतिस्ठानको सिद्दीचरण सभाहलमा सम्पन्न भएको छ।
आज देखि देशै भरीका दलित अभियान्ताको आन्तरिक रुपमा सवै खाले सहयोगमा एकता गरेर बिगत ६ महिना बढी समय देखिको अभ्यासले आयोजित सो सम्मेलनलाई ऐतिहासिक रास्ट्रीय दलित गोल मेच सम्मेलन भनी आयोजनाको औचित्य पुष्टि गर्दै सम्मेलन आयोजक समितिका प्रमुख डा निर्मल बिस्वकर्माले जातिय छुवाछुत बिरुद्धमा काम गर्ने देशै भरिका १ सय २५ बढी सङ्घ सस्था मध्य गोलमेच सम्मेलनमा ३५ ओटा जातीय विभेद बिरुधदका अभियान्ताको प्रतिनिधित्व रहेको दावी गर्नु भयो।
दक्षिण अफ्रीकाको निम्ति राजदुतको भुमिका निर्बाह गरि सक्नु भएका डा निर्मल बिस्वकर्माकै सभापतित्वमा सम्पन्न पहिलो दिनको कार्यक्रम अलिक भिन्नै किसिमले गरियो। जातीय बिभेदको दर्दनाक पीडा खेपी रहेका धादिङका हरिभक्त मिजार र सिरहाका दिपक डोमलाई प्रमुख अतिथी मानेर उद्घाटन गरिएको थियो।
हरिभक्त मिझार कथित ठूलो जातको छोरीसङ मायाप्रीती गासेको आरोपमा सडयन्त्र पुर्बक झुन्ड्याएर मारिइ हाल टिचिङ अस्पताल काठमान्डौमा लास राखिइ रहेका अजित मिजारका बुवा हुन।भने दिपक डोम चाहिँ भगवानको मुर्ती भएको ठाउमा घर बनाएको भनी गाउपालिका अध्यक्ष समेत उपल्लो जातिले अपमानपुर्बक घर भत्काइ खेदाइएका ब्यक्ती हुन। दुवैले उद्घाटन अबसरमा बोल्दै आफुमाथिको दर्दनाक जातिय अपमानका घटनाले पिरोल्दाको अनुभव बताए।
झुन्ड्याएर मारिएका अजित मिजारलाई आत्महत्याको नाटक गरेर समाजमा रजाइ गरि रहेकाहरुलाइ राज्य सरकारले कुनै कार्बाहि गर्न नचाहेको र सर्बोच्च अदालतले समेत तारेक दिदै अल्झाउने र पिडित परिबारलाइ पीडा थप्ने काममा सहयोग पुर्याएकोले आफू मर्नु न बाच्नुको स्थितिमा रहेको बताए।
मुद्दाका प्रतिबादी केटि पक्षका कथित ठूलो जातिकाहरु छाती खोलेर हिडि रहे पनि पुलिसले कहिल्यै फेला नपरेको र फरार भन्दै पत्रीकामा छाप्न तीस हजार लाग्छ लिएर आउछौ भने खोजी गर्छौ नत्र तिम्रो मात्रै बिसयमा खट्ने कुरो भएन भन्ने गरेकोले आफू यो राज्य सुरक्षादेखी दिक्दार रहेको बताए।
सो अबसरमा पहिचानबादी मोर्चाका नेता खगेन्द्र माखिम,सम्बिधान सभा सद्स्य रुक्मणी चौधरी,भारतीय दलित अभियान्ता प्रकाश कुमार,लेखक बुद्दीजिवी डिक बहादुर बिस्वकर्मा ,मधेश अभियान्ता जितेन्द्र राम,परिबर्तन भट्टराई लगायतका राजनितिक तथा सामाजिक अभियानमा नाम चलेका ब्यक्तित्वहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो।
गोल मेच सम्मेलन आयोजक समिती सचिब अग्नि शिखाले कार्यक्रम सन्चालन र सद्स्य निर्मला परियार ठटालले स्वागत भासण गर्नु भएको कार्यक्रममा मनोरन्जन दिलाउने नियतले गायक कलाकार राजेश परियारले मान्छे मान्छे एउटै हो।फरक किन हो? श्रम चल्छ ,सीप चल्छ ,पानी नचल्ने भो? नामक जनबादी गित गाएकामा सहभागी केही दलित अभियान्ता रमाएर नाछ।केहिले ताली पिटेका थिए भने फोटो भिडिओ खिच्नेहरु पनि उत्साहित थिए।
पहिलो सत्रलाइ आकर्शक तुल्याउन राजनितिक फिल्डबाट दलित आन्दोलनलाइ नियाल्न सक्ने खुबी भएका सेलेक्टेड ब्यक्तित्वहरुमा शान्ती गजमेर, उषा तितिक्च्छु,होमराज आचार्य,शैलेन्द्र अम्बेडकर लगायतका बुधीजिबीहरुले गोलमेच सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुद्वारा दलित मुक्ती सवालमा के कसो गर्न सकिन्छ? भन्ने बारे सोधिएका प्रश्नहरुको उत्तर दिएका थिए।आयोजकको तर्फबाट अभियान्ता सरोजदिलु बिस्वकर्माले सहजीकरण गरेका थिए।
सहभागी हुन हल भित्र छिरेकाहरु मध्य प्राय दलित आन्दोलनमा स्थापित राजनितिक तथा सामाजिक दुवै क्षेत्रबाट राज्यमा छुट्टै पहिचान बनाएका अतिथी महानुभाव मध्य केहिले कार्यक्रमको प्रारम्भमै आयोजकको तर्फ बाट बस्तुनिस्ठ रुपले बैचारिक तर्क, सहित गोलमेच सम्मेलनको मह्त्व ,आबास्यक्ता अनि यसको प्रभावकारीता वा आगामी दिनमा दलित समुदायको निम्ति देखा पर्न सक्ने सकारात्मक सुचान्क बारे आङकल नआएकोले यो सम्मेलन प्रति दिल खोलेर समर्थन गरेको पाइएन।
तीन दिन सम्म हुने सम्मेलनको अन्तिम दिन द्लित आन्दोलनको सैदान्तिक कार्यदिशा र घोसणा पत्र समबन्धमा राजनितिक अपन्त्व लिनबाट सर्बपक्षिय दलित सङघ सङ्गठनको नेत्रीत्व तह पछि हट्ने सन्केत देखिएको छ।
निम्ता मानेर आएका दलित समुदायका पहिलो सिडिओ , सरकारका सचिव मानबहदुर बिक , पुर्ब मन्त्री बिस्वैन्द्र पासवान,दलित मुक्ती आन्दोलनका दिग्ग्ज नेताहरु मोति नेपाली,इस्वरी बिस्वकर्मा, रास्ट्रीय खेलाडी मोहन बिक लगायत थुप्रै दलित अगुवाहरु छिट्टै नै बाहिरीएका थिए।