१६ वर्षदेखि फरार कैदी रोशन राई पक्राउ

  • जेठ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान साढे ११ बजे बराहक्षेत्र नगरपालिका–१, भलायोटार टोलस्थित राईको आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो।

रोशन राईलाई सुनसरी जिल्ला अदालतले मिति २०६६ साल फागुन १३ गतेको फैसलामार्फत एक वर्ष कैद र दुई सय पच्चिस रुपैयाँ जरिवाना तोकेको थियो। जिल्ला अदालत सुनसरीको लगत नं. २९५१ मा उनको नाम उल्लेखित रहेको छ।

पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको र जिल्ला अदालत सुनसरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved