सुनसरीमा ब्राउन सुगरसहित सात जना पक्राउ!

  • जेठ २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–१ स्थित विभिन्न स्थानमा छापा मार्दै २२.८१ ग्राम ब्राउन सुगरसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विधिसम्मत खानतलासीको क्रममा फेला परेका लागुऔषधसहित स्कुटर प्रयोग गरी अबैध कारोबार गर्दै आएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूमध्ये केही स्कुटर चालक र सवार रहेको पाइएको छ। उनीहरूबाट निम्न परिमाणमा लागुऔषध बरामद भएको छ:

* अजय चौधरी (३३) — ईटहरी उपमहानगरपालिका–५, ब्राउन सुगर २.४७ ग्राम

* हिमाल मण्डल (१८) — कोशी गाउँपालिका–१, ब्राउन सुगर ३.२४ ग्राम

* करण मण्डल (१८) — कोशी गाउँपालिका–१, ब्राउन सुगर ३.२४ ग्राम

* दयानन्द यादव (२१) — कोशी गाउँपालिका–२, ब्राउन सुगर १.४० ग्राम

* बिवेक विश्वकर्मा (२७) — धरान उपमहानगरपालिका–१७, ब्राउन सुगर २.१५ ग्राम

* संगम राई (१८) — धरान उपमहानगरपालिका–१७, ब्राउन सुगर २.२३ ग्राम

* सिमसन राई (१८) — धरान उपमहानगरपालिका–१९, ब्राउन सुगर २.२३ ग्राम

* कौशल कालिकोटे (२२) — बराहक्षेत्र नगरपालिका–७, ब्राउन सुगर ६.५३ ग्राम

* याकुब राई — ठेगाना नखुलाइएको, ब्राउन सुगर ४.७९ ग्राम

प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको कुल लागुऔषधको मात्रा २२.८१ ग्राम (बाईस ग्राम आठ सय दश मिलिग्राम) रहेको छ।

प्रहरीले लागुऔषध कारोबार र ओसारपसारमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई अझ कडा रूपमा अघि बढाइएको जनाएको छ

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved