झापा/ झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवारीसाधन चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट चोरीका ४ वटा मोटरसाइकल र १ अटो टेम्पो बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ स्थायी घर भई हाल कनकाई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रञ्जित राजवंशी, २६ वर्षीय प्रदीप राजवंशी, २० वर्षीय सहकारी कुमार राजवंशी र बिर्तामोड–७ का २७ वर्षीय जागिर आलम रहेका छन्।
उनीहरू सबै मुस्लिम समुदायका हुन्।
प्रहरीका अनुसार झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएपछि उजुरीको आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा उनीहरूलाई बिर्तामोड क्षेत्रका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
उनीहरूले चोरेका सवारीसाधनहरूमा मे. ८ प २११६ नम्बरको एभेन्जर, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेंडर, मे. ९ प ३६१८ नम्बरको पल्सर, प्रदेश ३–०२–००९ प ५१२७ नम्बरको स्ट्राइकर मोटरसाइकल र मे. १ ह ४८९६ नम्बरको अटो टेम्पो रहेका छन्।
चोरी गरेपछि ती सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरी चलाउँदै आएको प्रहरीको भनाइ छ। उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ।