खेतीपाती सप्रियोस् भन्ने कामनासँगै सुरु भयो साकेला उभौली

  • वैशाख २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली आजदेखि खोटाङलगायत किरात बहुल जिल्लाहरूमा औपचारिक रूपमा सुरु भएको छ। ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित किरात समुदायले तीन चुल्हा र भूमिको पूजा गर्दै महिना दिनसम्म साकेला चाड मनाउने परम्परा रहेको छ।

साकेला उभौलीको अवसरमा किरात बस्ती भएका गाउँ–टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्न थालेका छन्। युवायुवतीदेखि बालक–बृद्धसम्म परम्परागत भेषभूषामा सजिएर गोलो घेरामा साकेला सिली नाच्दै चाडको शुभकामना साटासाट गरिरहेका छन्।

साकेला उभौली वैशाख पूर्णिमादेखि असारसम्म मनाइने पर्व हो, जुन मुख्यतः अन्नबाली रोप्ने सिजन सुरु हुनु अघि मनाइन्छ। ढोल–झ्याम्टाको तालमा गरिने साकेला नृत्यमा खेत जोत्नेदेखि बाली भित्र्याउने प्रक्रियासमेत हाउभाउमार्फत प्रस्तुत गरिन्छ।

खोटाङको हलेसी तुवाचुङ, मझुवागढी, जन्तेढुङ्गा, रूपाकोट, मेरुङलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा विधिपूर्वक पूजा गरी चाडको सुरुआत गरिएको हो।

मझुवागढीबाट औपचारिक रूपमा सुरू भएको साकेला पर्वको समापन दिक्तेलको माटीकोरे खेलमैदानमा महिना दिनपछि सिली प्रदर्शनसहित गरिनेछ।

साकेला पर्वमा किरात समुदाय मात्र नभई अन्य समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने प्रचलन बढ्दो छ। यो चाड किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मनाउने गर्छन्।

नेपाल सरकारले पनि आज साकेला उभौली र बुद्ध जयन्तीको संयोग परेको दिनमा सार्वजनिक बिदा दिएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved