धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ नम्बर प्रदेशको नामाकरणको विषयमा असन्तुष्टि ब्यक्त गरेका छन् ।
धरानमा आइतबार आयोजित किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहेका अध्यक्ष प्रचण्डले उक्त असन्तुष्टि ब्यक्त गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै भने ‘माओवादी केन्द्र प्रदेश नम्बर १ को नामकरण गर्दा कोचलाई समेत सम्बोधन गर्दे किरात, लिम्बुवान र कोचको संयुक्त पहिचान झल्किने गरी नाम राख्न जरुरी छ ।’
उनले पहिचानको आन्दोलन गरिरहेकाहरु माओवादी पार्टीसँग सहकार्य अघि बढ्न पनि आव्हान गरेका छन् ।।अर्को प्रसंगमा वर्तमान प्रणाली परिवर्तन आवस्यक रहेको पनि जिकिर गरे । उनले भने,राष्ट्रपतीय जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य छ । संविधानलाई संशोधन मार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने पक्षमा उनको जोड रहेको थियो ।
त्यसैगरि अध्यक्ष प्रचण्डले भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा भएको दाबी गरे । आफु तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचार विरुद्ध सुशासनको बिगुल फकेर अघि बढेको दावी छ ।
धरानको भानुचौकमा उक्त विशाल सभालाई संवोधन गर्ने क्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई सम्झिए । मेयर राईप्रति इंगित गर्दै प्रचण्डले धरानका नगर प्रमुख हर्क साम्पाङ लाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेर प्रशंसा समेत गरेको बताए । तर खै घरीघरी के हुन्छ कुन्नी ?
माओबादी पार्टी सर्वहारा र श्रमजिबी वगको पार्टी भएकाले साम्पाङले माओवादीप्रति कटाक्ष गरि नकारात्मक हुनु जरुरी छैन । उनले माओबादीप्रति सकरात्मक हुन आग्रह गरेका छन् ।