सशस्त्रलाई छलेर भागेको कार दुर्घटनाग्रस्त अवस्थामा फेला, ४ सय २१ किलो गाँजा बरामद

  • वैशाख १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  सशस्त्र प्रहरीको चेकजाँचबाट बच्न खोज्दा भागेको एक कार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सो कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।

सशस्त्र प्रहरीले जनाए अनुसार चेकजाँचका क्रममा भागेको को २ प १७३४ नम्बरको उक्त कारलाई मुलघाट क्षेत्रबाट नियन्त्रणमा लिन खोज्दा चालक फरार भएका थिए। पछि खोजीका क्रममा नमस्ते झरनामा बेवारिसे अवस्थामा कार फेला परेको हो।

दुर्घटनामा परेको अवस्थामा फेला परेको कारको खानतलासी गर्दा १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

कारका चालक भने अझै फेला परेका छैनन्। सशस्त्र प्रहरीले बरामद लागुऔषधसहितको कार आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा दिने तयारी गरिरहेको जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved