विचाराधिन सर्दु जलाधार क्षेत्रमा मेयरको बोर्ड

  • वैशाख ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर्दु जलाधार क्षेत्रमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले मालपोत तिर्न रोक्का लगाउने तथा शिवधारा क्षेत्रमा जलाधार क्षेत्र प्रारम्भ भनि साइनबोर्ड राख्ने कार्यले अदालतको मानहानी भएको सर्दुजलाधार पिडितहरुले गुनासो गरेका छन् ।

सर्दु जलाधारका क्षेत्रको मुद्दा विचाराधीन रहेको अवस्थामा नगरप्रमुख आफैले सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै बोर्ड लगाउने, मालपोत दिर्न रोक्का गर्ने कार्यले स्थानीय सरकार आफैले नागरिक माथि अन्याय गरेको उनीहरुको गुनासो छ ।

नगरप्रमुख राईले वैशाख ६ गते शनिवार शिव धाराको घुम्तीमा सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै साइन बोर्ड लगाएका हुन ।

सर्दु जलाधार बाझगरा ९ क घोपा ७ ( घ) र ९ ङ रोक्का फुकुवा तथा सिमाङ्कन पहल समितिका संयोजक हरि बहादुर कार्कीले विज्ञप्ती जारी गर्दै नगर प्रमुख राईको हठका कारण राखिएको बोर्ड साविक बाँझगरा ९(क) मा पर्ने र उक्त क्षेत्र जलाधार क्षेत्रको सट्टा भर्ना प्रक्रियामा नगएको बताएका छन् ।

नगर प्रमुख जस्तो व्यक्तिले राज्य आतंक सुजना गरेको हुँदा तत्काल बोर्ड हटाउन पनि माग गरिएको छ । उनका अनुसार जलाधार क्षेत्रको बसोबासलाई २०३२/०३३ साल देखि तत्कालीन सरकारले विभिन्न आयोगहरू गठन गरी साबिक बाझगरा ९ ख, ग, घ,९ ङ,च र साबिक घोपाको ७ क,ख,ग, च,छ,ज,को ३४५ बिघा ४ कट्टा १३ धुर जग्गाको १७९ घरपरिवारलाई मोरङ जिल्ला सट्टा भर्ना बापत २४३ बिघा जग्गा उपलब्ध गराई सकेको छ ।

संयोजक कार्कीले अन्यथा संघर्ष समिति र पीडित जग्गा धनीहरू चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताए । आन्दोलन गर्दा भएको सम्पूर्ण क्षतिको जिम्मेवार नगर प्रमुख स्वयं हुनुपर्ने उनको भनाई छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved