धरानमा भेटिएको शवको रहस्य: चोटपटकसहित फेला परेकी महिलाको पहिचान खुल्यो

  • चैत २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार मृतकको पहिचान हाल इटहरी–२, हलगडामा बसोबास गर्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका–२ माइती भएकी ३४ वर्षीया चुन कुमारी  दाहालका रूपमा खुलेको छ।

शव फेला परेको स्थानमा गरिएको प्रारम्भिक अनुसन्धानमा आपराधिक संलग्नताको आशंका गरिएको छ।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार महिलाको शरीरमा चोटपटक देखिएको छ भने कपडा पनि अव्यवस्थित अवस्थामा थियो। शव केही मिटर घिसारिएको जस्तो देखिएको छ भने अनुहारमा समेत चोट लागेको पाइएको छ।

यद्यपि, घटनास्थलमा धारिलो हतियार प्रयोग भएको प्रमाण भने फेला परेको छैन। शव घिसारिँदा कपडा खुलेको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान भइरहेको र मृतकको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। रिपोर्टपछि घटनाको प्रकृति थप स्पष्ट हुने आशा गरिएको छ।

depot secondary 3x5 2082 admission_1743408290

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved