धरानमा पहिलोपटक राष्ट्रियस्तरको ‘धरान फाइट नाइट २०२५’ हुने

  • चैत २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/खेलकुदको सहर धरानमा वक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले ‘धरान फाइट नाइट २०२५’ प्रतियोगिता हुने भएको छ।

नयाँ वर्ष २०८२ वैशाख १२ गते शुक्रबार धरान बक्सिङको आयोजनामा यो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो।

धरान बक्सिङका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगिता पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको हो।

बुधबार (आज)धरान–१२, चतरालाईनस्थित होटल गोर्खामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतियोगिता बारे जानकारी गराएका हुन्।

प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

कोशी प्रदेश अन्तर्गत धरान, धनकुटा, झापा र उदयपुरबाट प्रो खेलाडीहरु सहभागी हुनेछन् भने गण्डकी प्रदेशको पोखरा र बाग्मती प्रदेशको काठमाडौंबाट पनि प्रतिस्पर्धी खेलाडी आउनेछन्।

एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउनेछन्।

‘फाइट नाइट’ मा महिला र पुरुष दुवै राष्ट्रिय स्तरका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा पनि हुने आयोजकले जानकारी दिएको छ।

 

 

 

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved