धरानमा पहिलोपटक राष्ट्रियस्तरको ‘धरान फाइट नाइट २०२५’ हुने

  • चैत २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/खेलकुदको सहर धरानमा वक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले ‘धरान फाइट नाइट २०२५’ प्रतियोगिता हुने भएको छ।

नयाँ वर्ष २०८२ वैशाख १२ गते शुक्रबार धरान बक्सिङको आयोजनामा यो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो।

धरान बक्सिङका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगिता पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको हो।

बुधबार (आज)धरान–१२, चतरालाईनस्थित होटल गोर्खामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतियोगिता बारे जानकारी गराएका हुन्।

प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

कोशी प्रदेश अन्तर्गत धरान, धनकुटा, झापा र उदयपुरबाट प्रो खेलाडीहरु सहभागी हुनेछन् भने गण्डकी प्रदेशको पोखरा र बाग्मती प्रदेशको काठमाडौंबाट पनि प्रतिस्पर्धी खेलाडी आउनेछन्।

एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउनेछन्।

‘फाइट नाइट’ मा महिला र पुरुष दुवै राष्ट्रिय स्तरका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा पनि हुने आयोजकले जानकारी दिएको छ।

 

 

 

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved