नयाँ वर्ष २०८२ को अवसरमा नेपाली कांग्रेसले स्ववियु र नेपाल तरुण दलका पदाधिकारीलाई गर्‍यो सम्मान संगम बिष्ट

  • चैत २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विजयी भएका नेपाल विद्यार्थी संघका पदाधिकारी र नेपाल तरुण दल वराहक्षेत्र नगर कार्यसमितिका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ।

मङ्गलवार चक्रघट्टिस्थित दुर्गाकाली मन्दिरको सभाहलमा आयोजित उक्त सम्मान समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री र प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अतिथि थिए।

कार्यक्रमको आरम्भ नेपाली कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा भएको थियो।

स्ववियु निर्वाचनमा सप्तकोशी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानलले विजय हासिल गरेको थियो।

स्ववियुका नव निर्वाचित पदाधिकारीहरूको सम्मान गरिएको थियो, जसमा अध्यक्ष विज्ञान सावाँ लिम्बु, उपसभापति आशुतोष पौडेल, सचिव इन्जु भट्टराई, सहसचिव अमन दहाल, कोषाध्यक्ष डिक बहादुर चुवान क्षेत्री, सदस्यहरू मनिषा थापा,

साहिद चुरौटे, भीम भण्डारी, मनोज निरौला, अस्मिता श्रेष्ठ, भारती कार्की र स्नेहा रानालगायतका प्रमुख कार्यकर्ता समावेश थिए।

यसैगरी, नेपाल तरुण दल वराहक्षेत्र नगर समितिको अध्यक्ष मणिराज राई, उपाध्यक्ष दिनेश राई, फाइटर राई र सुमन कार्की, सचिव रमेश कुमार कार्की र असिम राई,

सहसचिव मनिषा कटुवाल र विकास सुवेदी, कोषाध्यक्ष सञ्जय तामाङ सहित २३ सदस्यीय नगर समिति निर्विरोध चयन भएको जनाइएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर कार्कीले नव निर्वाचित स्ववियु पदाधिकारी र विद्यार्थी नेताहरुलाई प्राविधिक शिक्षा र वातावरणीय परिवर्तन जस्ता विषयमा सक्रिय बन्ने आह्वान गरे।

उनले विद्यार्थीहरूको नेतृत्व क्षमता र उत्कृष्टतामा केन्द्रित भएर अगाडि बढ्नुपर्ने कुरा समेत जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, प्रदेशसभा सदस्य ममता तामाङ र इस्राइल मन्सुरी विशिष्ट अतिथि थिए। अन्य अतिथिहरूमा महासमिति सदस्य जगत बहादुर कार्की, महाधिवेशन प्रतिनिधि बाबुराम बिष्ट, अनु गुरुङ,

सुरेन्द्र गुप्ता, दिपेशजंग बस्नेत, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ (प्रदेशसभा २) का सभापति मुरारी भट्टराई, सचिव केशव पुरी, नेविसंघका केन्द्रीय सदस्य तिर्थराज भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देवेन्द्र लिम्बु लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिका सभापति रमेश कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रतीक राईले गरेका थिए, र स्वागत मन्तव्य उपसभापति जित बहादुर कार्कीले प्रस्तुत गरेका थिए।

Baraha  kagresh

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved