लागुऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ

  • चैत २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ कोशी प्रदेशका तीन जिल्लामा लागुऔषध कारोबारमा संलग्न सात जना व्यक्तिहरू प्रहरीको नियन्त्रणमा परेका छन्।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो।

गोप्य सूचनाको आधारमा झापा प्रहरीले गौरादह नगरपालिका–४ का २३ वर्षीय उमेश भन्ने उमेश परियारलाई उनकै घरबाट २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

साथै, गौरादह–२ का २४ वर्षीय आर्थिकज भारतीलाई पनि उक्त कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो।

त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको बेलबारी नगरपालिका–८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय के कुमार मगरलाई २।६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

सुनसरी जिल्लाको लौकही इलाका प्रहरी कार्यालयले भारतबाट नेपाल फर्कने क्रममा चेकजाँच गर्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समीर क्षेत्रीलाई १.४७ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

यस्तै, मोरङको केरावारी गाउँपालिका–१० का ३१ वर्षीय तेजबहादुर तामाङ र केरावारीकै २७ वर्षीया फुलमाया लिम्बुलाई पनि १.८८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयहरूद्वारा जानकारी दिइएको छ।

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved