लागुऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ

  • चैत २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ कोशी प्रदेशका तीन जिल्लामा लागुऔषध कारोबारमा संलग्न सात जना व्यक्तिहरू प्रहरीको नियन्त्रणमा परेका छन्।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो।

गोप्य सूचनाको आधारमा झापा प्रहरीले गौरादह नगरपालिका–४ का २३ वर्षीय उमेश भन्ने उमेश परियारलाई उनकै घरबाट २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

साथै, गौरादह–२ का २४ वर्षीय आर्थिकज भारतीलाई पनि उक्त कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो।

त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको बेलबारी नगरपालिका–८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय के कुमार मगरलाई २।६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

सुनसरी जिल्लाको लौकही इलाका प्रहरी कार्यालयले भारतबाट नेपाल फर्कने क्रममा चेकजाँच गर्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समीर क्षेत्रीलाई १.४७ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

यस्तै, मोरङको केरावारी गाउँपालिका–१० का ३१ वर्षीय तेजबहादुर तामाङ र केरावारीकै २७ वर्षीया फुलमाया लिम्बुलाई पनि १.८८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयहरूद्वारा जानकारी दिइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved