डा. गिरीका पाँच वर्ष : सुधार, सेवा र सफलता

  • चैत २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पाँच वर्षे कार्यकाल आइतबार सम्पन्न हुँदैछ।

२०७६ चैत २७ मा उपकुलपतिका रूपमा कार्यभार सम्हालेका गिरीले संकट र चुनौतीबीच पनि प्रतिष्ठानलाई सेवा र विकासको मार्गमा अघि बढाएका छन्।

गिरीको कार्यकालको प्रारम्भमै कोरोना महामारीको मार पर्‍यो। यस्तो कठिन अवस्थामा समेत रेफेरल सेन्टरमार्फत कोविड अस्पताल सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा दिइयो। त्यही बेला नियमित तलब वितरण गर्दै चिकित्सक तथा कर्मचारीको मनोबल उच्च राख्न सफल भए।

१३ महिनासम्मको निलम्बनपछि पुनः २०८० फागुन १७ मा जिम्मेवारी सम्हालेका गिरीले आन्तरिक बढुवा प्रक्रिया, उपकरण मर्मत र खरिद, सेवा विस्तार, दीक्षान्त समारोहजस्ता कार्यहरू प्राथमिकतामा राखेर सम्पन्न गरे।

उनको नेतृत्वमा आइसियु बेड संख्या ३२ बाट ७४ बनाइयो, डायलाइसिस सेवामा थप २० बेड, आकस्मिक सेवा विस्तारसहित ४० जेनेरल र ८ आइसियुरएचडियू बेड थपिए।

आधुनिक २५६ स्लाइस सिटी स्क्यान मेसिन जडान, अक्सिजन ट्याङ्क सञ्चालन, र नयाँ प्यानोरामिक एक्सरे मेसिन जडानसमेत कार्यकालको उपलब्धिमा परेका छन्।

फार्मेसीका लागि छुट्टै भवन, आंशिक क्यान्सर सेवा, मातृशिशु भवनको पुनःनिर्माण कार्य, र राष्ट्रिय स्वास्थ्य सूचकांकमा उल्लेखनीय सुधार — यी सबै गिरीको पाँच वर्षे नेतृत्वमा सम्भव भएका उपलब्धि हुन्।

उनी नेतृत्वमा प्रतिष्ठानको सेवा सूचकांक ५३ प्रतिशतबाट ७५ प्रतिशतमा पुगेको छ। अबको नेतृत्वले पनि विकासको यो लयलाई कायम राख्नेमा विश्वास गरिएको छ।

बिज्ञप्ती हेर्नुस

Contribution-of-VC-sir-1 Contribution-of-VC-sir-2

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved