धरानका युवादेखि बालकसम्म लागुऔषधसहित पक्राउ 

  • चैत २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित सात जना धरानवासीसहित १२ जनालाई नियन्त्रणमा लिएको छ।
 
पक्राउ पर्नेमा भारतका नागरिकदेखि सानै उमेरका बालकसम्म छन्। उनीहरूको साथबाट ठूलो मात्रामा ट्रामाडोल, स्पास्मो प्रोक्सिभन, ब्राउन सुगर लगायतका लागूऔषध बरामद भएको छ। 
 
वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–९ बाट भारत घर भई बसोबास गरिरहेका ३० वर्षीय विजय साह, धरान–९ का २७ वर्षीय निरञ्जन यादव, धरान–१० का २५ वर्षीय विशेष राई, र धरान–१७ का २६ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो।
 
उनीहरूको साथबाट SPASMO PROXYVON–८० ट्याब्लेट, ट्रामाडोल १४४० क्याप्सुल, NITRAZEPAM–७५ ट्याब्लेट र ESKUF–७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। 
 
त्यसैगरी, अस्थायी प्रहरी चौकी रेल्वेले धरान–११ का २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई TRAMOL–५० लेखिएको ४६० क्याप्सुल, स्पास्पेन ४६९ ट्याब्लेट सहित पक्राउ गरेको छ। 
 
धरान–५ का २६ वर्षीय दिवेश रम्तेल, भोक्राहा नरसिंह–५ का २६ वर्षीय रहिस मन्सुरी र ईटहरी–५ का ३२ वर्षीय सनम शेर्पालाई ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको हो। 
 
यता, धरान–१५ का एक नाबालकको घरछेउबाट COLIBAN ८०५ क्याप्सुल र TRAMADOL ८०५ क्याप्सुल बरामद गर्दै अस्थायी प्रहरी पोष्ट जोरसखुवाले उनलाई नियन्त्रणमा लिएको छ। 
 
त्यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी–५ स्थितबाट १९ वर्षीय सुजन शिवालाई ट्रामाडोल १६० ट्याब्लेट, स्पाष्मिड १६० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ।
 
साथै बिक्री वितरणमा संलग्न मोरङको पथरी शनिश्चरे–२ का २९ वर्षीय सुमन गुरुङलाई ट्रामाडोल १०१६ ट्याब्लेट र स्पाष्मिड ९८० क्याप्सुल सहित पक्राउ गरेको हो। प्रहरीका अनुसार सबै पक्राउ परेकाविरुद्ध सम्बन्धित कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved