गोधुली रनिङ कप:सेमिफाइनलमा आज १४ र १७ नं. वडा भिड्दै

  • चैत १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाईल तस्बिर

धरान/ २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज साँझ १४ नं. वडा र १७ नं. वडा धरान रंगशालामा आमने-सामने हुँदैछन्।

यसअघि एक पटक गोधुलीको उपाधि जितेको १४ नं. वडा र चार पटक उपाधि जितिसकेको १७ नं. वडाबीचको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

१७ नं. वडाका केही सिनियर खेलाडी बी डिभिजन लिग खेल्न काठमाडौँमा रहेका भए पनि अहिलेको युवा टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। २० नं. वडालाई ३–० ले तथा १८ नं. वडालाई २–१ को गोल अन्तरले पराजित गर्दै १७ नं. वडाले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो।

१७ नं. वडाका स्ट्राइकर कृष्ण राई उच्च लयमा छन्। उनले २० नं. वडा विरुद्ध २ र १८ नं. वडा विरुद्ध १ गोल गरेका छन्।

त्यस्तै, फरवार्ड सुशिल राईले १ गोल गरेका छन् भने गोल गर्ने अवसर सिर्जना गर्न माहिर देखिएका छन्।

टोलीमा तपन कार्की, पासाङ तामाङ जस्ता प्रतिभावान खेलाडी भएकाले १७ नं. वडा उपाधि दाबेदार मानिएको छ।

१४ नं. वडा पनि उत्कृष्ट लयमा छ। पहिलो खेलमा ९ नं. वडालाई २–१ र दोस्रो खेलमा ६ नं. वडालाई २–१ गोल अन्तरले पराजित गर्दै टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। १४ नं. वडाका स्ट्राइकर आशिष पुरी उच्च लयमा छन्। उनले ६ नं. वडा विरुद्ध दुवै गोल गरेका थिए।

निमेश तामाङ, रञ्जीत क्षेत्री जस्ता फास्ट फरवार्ड खेलाडीहरू टोलीलाई बलियो बनाएका छन्।

दिपेश बस्नेत, विवेक राई, सुशन तामाङ जस्ता भरपर्दा डिफेन्स भएकोले १७ नं. वडालाई १४ नं. वडाको डिफेन्स बिट गर्न कठिन हुने देखिन्छ।

आज मंगलबार साँझ ६ः३० बजे धरान रंगशालामा हुने यस खेलको विजेताले फाइनलमा १५ नं. वडासँग प्रतिस्पर्धा गर्नेछ।

 

 

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved