मदन भण्डारी राजमार्गका रूख कटानको प्रक्रिया अघि बढ्यो

  • चैत १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ ।
मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए।

कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान कार्य जारी रहेको दत्तले जानकारी दिए ।‘मन्त्रिपरिषद्को बैठकले राजमार्गको पूर्वी खण्डको वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको छ’, उनले भने, ‘भोगाधिकार प्राप्त भइसकेपछि वन कार्यालयसँग रूख कटानको स्वीकृति लिएका छौँ, अब धमाधम रूख कटान कार्य अघि बढिरहेको छ ।’

झापा र इलामको सीमावर्ती क्षेत्र हुँदै सुखानीदेखि बाहुनडाँगीको पाटापुरसम्मको ३१ किलोमिटर र सुनसरी–मोरङ क्षेत्रको ४६ किलोमिटर राजमार्ग क्षेत्रमा सडक स्तरोन्नतिको कार्यमा वन क्षेत्रका रूख अवरोध बनिरहेका थिए, अब रूख कटान भइसकेपछि राजमार्गको निर्माण तीव्र हुने भएको छ ।
राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा र इलाममा छ हजार १७१, सुनसरीमा पाँच हजार ५०० र मोरङमा दुई हजार १६३ रूख कटान हुने भएका छन् । मोरङको वन क्षेत्रभित्रका रूख आगामी वैशाखभित्र कटान गरिसक्ने गरी काम भइरहेको कार्यालयका सूचना अधिकारी दत्तले बताए ।

सडक स्तरोन्नतिका लागि रूख कटान गर्न मन्त्रिपरिषद्को गत मंसिरमा भएको बैठकले नै भोगाधिकार स्वीकृति दिएको थियो ।धरानदेखि मधुमल्लासम्मको सडकमा पर्ने वन क्षेत्रका सात हजार ६१० रूख हाल कटान भइरहेका र केराबारीदेखि मावा खोलासम्मको सडकखण्ड अन्तर्गतका दुई हजार १६३ रूख कटानको आदेश कार्यान्वयनको प्रक्रियामा रहेको थियो । सुनसरीमा पाँच हजार ५०० रूखमा छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भइसकेको र कटान आदेश कार्यान्वयनको प्रक्रियामा चलिरहेको जनाइएको छ ।

यसैगरी राजमार्गको गरुवा सुखानी सहादतस्थल–बरफलाङ्गफेदी तीन दशमलव ९२६ अन्तर्गत दुई दशमलव २१ हेक्टरमा पर्ने ४८३, शान्तिनगर–पाटापुर १३ दशमलव ८७४ किलोमिटरअन्तर्गतको सात दशमलव ७६ हेक्टरमा पर्ने तीन हजार ५० रूख हटाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकबाट जग्गा भोगाधिकारको निर्णय भएको छ । पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कुल लम्बाइ एक हजार २०० किलोमिटर रहेको छ ।

धरानदेखि हेटौँडासम्मको ३०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको छ ।
फोटो छ

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved