धरानको स्वास्थ्यमा खटिरहने प्रा.डा शाह

  • चैत १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विगत ४ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिकमा निःशुल्क स्वास्थ्य जा“च गरिरहेका प्रा.डा. प्रशान्त शाहले यसरी उपचार गर्न पाउ“दा मन आनन्दित हुने गरेको बताएका छन् ।

“विभिन्न ठाउ“का, भिन्नाभिन्नै स्तरका बिरामीहरुलाई निःशुल्क जा“च गर्न पाउ“दा हर्षविभोर हुन्छु” डा. शाहले बताए । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहले परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ४ वर्षदेखि निरन्तर पाक्षिक रुपमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकमा उपचार गर्दै आईरहेका छन् ।

उक्त शिविरमा ६० वर्षभन्दा माथिका मुटु, रक्तचाप र मधुमेहका बिरामीहरुको निःशुल्क रुपमा स्वास्थ्य जा“च, औषधी वितरण र सुगर, रक्तचाप परिक्षण पनि पनि हुने गर्दछ । हालसम्म करिब ७५०० बिरामीहरुको उपचार गराईसकेको उक्त अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

बरालका अनुसार धरानका विभिन्न वडाहरुमा र धरान बाहिर बराहक्षेत्र, झुम्का, इनरुवा, इटहरी र पूर्वको झापा गाउ“पालिकामा समेत यो शिविर आयोजना भईसकेको बताएका छन् । वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु र अभियानका अभियन्ताहरु पनि यस क्लिनिकमा सहभागी हुने गर्दछन् ।

उक्त शिविरमा धरान बाहिरका विरामीहरु समेत सहभागि हुने गर्दछन् ।

७६ औं संस्करण प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वरमा

परिवर्तनका लागि सामाजिक अभियानद्वारा आयोजित निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिको ७६ औं संस्करण प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वर मन्दिरमा सम्पन्न भएको छ ।

श्री पिण्डेश्वर बाबाधाम समितिको सहकार्यमा आयोजित उक्त शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. प्रशान्त शाहले बिरामीहरुको स्वास्थ्य जा“च गरेका थिए ।

६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागि आयोजित उक्त शिविरमा औषधि, रक्तचाप र मधुमेह परिक्षण समेत निःशुल्क रुपमा गरिएको समितिका अध्यक्ष विकास बनेपालीले बताएका छन् ।

वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर स्टाफ नर्स निर्मला बास्तोला र रेनुका खड्काले रक्तचाप र मधुमेह परिक्षण गरेका थिए । अभियानका अभियन्ताहरु शुसिर बराल, जेनिस शाक्य, हेम ढकाल, राजु फुयाल, नितु यादव, सोनी यादवको सहभागिता रहेको उक्त शिविरमा ११५ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य परिक्षण गर्न आएका बिरामीहरुले निःशुल्क रुपमा सहजतामा उपचार गराउन पाउ“दा खुशी महसुश गरेका थिए । कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि धरान उपमहानरपालिका १४ वडा कार्यालयका वडाध्यक्ष कृष्ण भट्टराईले आफ्नो वडामा यस्तो कार्यक्रम आयोजना भएकोमा आयोजकप्रति आभार प्रकट गरेका थिए ।

“धरान र धरान बाहिरका बुवाआमाहरुको आफ्नो वडामा निःशुल्क उपचार गराउन पाउ“दा परिवर्तनका लागि सामाजिक अभियानप्रति हार्दिक आभार प्रकट गर्दछु” वडाध्यक्ष भट्टराईले भने । उक्त शिविरको ७७ औं संस्करण यहि चैत्र ३० गते आयोजना हुने तय भएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved