युएन नवोदय कलेजको १५औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • चैत १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको सुनसरीकाे धरान १६ स्थित युएन कलेज र नबोदय प्लस टु ले १५औ वार्षिकोत्सब भव्य रूपमा सम्पन्न गरेको छ ।

शनिबार(चैत १६ गते) धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो ।

धरान उप-माहानगरपालीकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा को प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिदाइ तथा अभिनन्दन कार्यक्रम  सम्पन्न गरेको छ।

 कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरियो।

प्रदेशका उत्कृष्ट विद्यार्थी सम्मानित

banako-un

कार्यक्रममा कोशी प्रदेशका उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।

बिएचएम दोस्रो सेमेस्टरकी कुसुम राई (३.८६ जीपीए) कोशी प्रदेश टपर घोषित भइन् भने, रिष्ता तुम्बापो (३.७९ जीपीए) सेकेन्ड टपर र यन्छोहाङ लिम्बू (३.७८ जीपीए) थर्ड टपर भए। उनीहरूलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित सम्मान गरियो।

बिएचएम चौथो सेमेस्टरमा धरान प्रथम हुने स्मारिका श्रेष्ठ (३.८९ जीपीए) लाई १० हजार रुपैयाँ, धरान द्वितीय सिमरन तामाङ (३.८८ जीपीए) र धरान तृतीय जेसिका राई (३.८४ जीपीए) लाई तीन हजार रुपैयाँ नगदसहित पुरस्कृत गरियो।

विद्यार्थीहरूलाई अवार्ड तथा नगद पुरस्कार वितरण

un 1

कलेजले कक्षा–१२ का उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित सम्मान गर्यो। विज्ञान संकायकी ज्योतिकुमारी यादव, कम्प्युटर साइन्सकी सिवानी भुजेल, व्यवस्थापन संकायकी असिम इङनाम लिम्बू, होटल म्यानेजमेन्ट संकायकी रेसु याक्खाले पाँच–पाँच हजार नगदसहित अवार्ड प्राप्त गरे।

त्यसैगरी, वेल ग्रुम्ड, मष्ट डिसिप्लिन, वेष्ट हस्पिटालिटी, कोअपरेटिभ स्टुडेन्ट, सोसियल वर्कर, मष्ट रेगुलर स्टुडेन्ट विधामा विभिन्न विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

बिदाइ कार्यक्रम तथा शिक्षण सुधार योजनाहरू

u 2

कार्यक्रममा कलेजका कक्षा–१२, बिएचएम, बिबिएस संकायका अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई विशेष बिदाइ गरियो। मायाको चिनो, अविर र खदा लगाएर विद्यार्थीहरूलाई विदाई गरियो।

धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले नवोदयका विद्यार्थीले प्रदेश टपर बनेर धरानको शैक्षिक प्रतिष्ठा उचाइमा पुर्‍याएको बताए।

उनले धरानलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्यसहित उपमहानगरपालिका अघि बढिरहेको उल्लेख गरे।

निःशुल्क ल्यापटप वितरण

कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले उत्कृष्ट विद्यार्थीलाई नगदसहित हौसला दिइरहेको बताए।

साथै, प्लस टु पास गरेर बिएचएम प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई ‘डेल ब्रान्ड’ का ल्यापटप निःशुल्क वितरण गरिएको जानकारी गराए। यसपटक १४ जना विद्यार्थीलाई ल्यापटप वितरण गरिएको थियो।

कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले नवोदय कलेज गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताए। उनले कलेजलाई रोजगारमूलक शिक्षा प्रदान गर्ने नमुना संस्थाका रूपमा स्थापित गराउने योजनाबारे प्रकाश पारे।

कार्यक्रममा लागूऔषध सचेतना सम्बन्धी नाटक, नृत्य, गायन लगायतका मनोरञ्जनात्मक प्रस्तुति समेत समावेश थिए।

होटल म्यानेजमेन्ट र बिएचएम कोअर्डिनेटर गगनमान श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन दिव्या सोनम झा र अनिमेश बाँस्तोलाले गरेका थिए।

तस्बिरहरु:

 tap
 
un-nav unnn unnnn unnavo dau navo 1 na 1 navou unn 1
 
 
 
 
ReplyForward
 
Add reaction

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved