धरानका तीन क्याम्पसमा गठबन्धन ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध,अनेरास्ववियु पहिलो स्थानमा

  • फागुन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । देशैभरी निर्वाचनको सरगमी बढेको छ । सुनसरीको धरान पनि चुनाबी सरगमीले निकै विद्यार्थी माझ महौल तात्नु स्वाभाविक नै हो भने ठुला राजनीतिक पार्टी बीच पनि आफ्नो पार्टीको विद्यार्थीलाई जिताउने कसरतमा लागेका छन् । 

त्रिभुवन विश्व विद्यालय अन्र्तरगत धरानका ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । केन्द्रिय राजनीतिको सत्ता गठवन्धनकै आधारमा यहाँ पनि विद्यार्थीको संगठनवीच गठवन्धन भएको छ । नेपाली काँग्रेस निकट नेवि सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियुले पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा महेन्द्र र हात्तीसार क्याम्पसमा भागबन्डामा संयुक्त उम्मेद्धवारी दिएका छन्  नेविसङ्घ र अनेरास्ववियुको गठबन्धन तर्फबाट महेन्द्र क्याम्पसको सभापतिमा नेबिसंघका प्रशान्त राईले उम्मेदवारी दिएका छन भने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अनेरास्ववियुका अनिरुद्ध श्रेष्ठ (कृश)ले सभापतिको उम्मेदवारी छ ।

महेन्द्र क्याम्पसमा सभापतिका उम्मेदवारहरू नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट तेजबहादुर दुमी, समाजवादी विद्यार्थीबाट युवराज राई अलौकिक, अखिल क्रान्तिकारी मोहन वैद्य किरण निकटबाट अमृता राई रहेका छन् ।यसैगरी केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र समूहबीच गठबन्धन भएको छ । जसमा स्वतन्त्र समूह तर्फका सभापतिको उम्मेदवार पेशलराज कार्की उम्मेदवारी परेको छ ।

पूर्वाञ्जल इञ्जिनियरिङ क्याम्पसमा सभापतिको उम्मेदवारहरू नेविसंघ तर्फबाट सागर बत्स्याल, अनेरास्ववियु क्रान्तिकारी तर्फबाट करण मगर, अनेरास्ववियुको तर्फबाट ईश्वर बन्जाडे, समाजवादी विद्यार्थी (उपेन्द्र यादव) समूहबाट गणपति झा, स्वतन्त्र विद्यार्थी समूहको तर्फबाट सविन धितालको उम्मेदवारी परेको छ ।

स्ववियु चुनावका लागि धरानस्थित महेन्द्र क्याम्पस र केन्द्रिय प्रविधि क्याम्पसमा १०र१० वटा विद्यार्थी सङ्गठन दर्ता भएका थिए । पूर्वाञ्चल इििञ्नयरिङ क्याम्पसमा सात वटा विद्यार्थी सङ्गठनले चुनावका लागि सङ्गठन दर्ता गरेका थिए ।स्ववियु चुनावका लागि धरान स्थित महेन्द्र क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पसमा १०÷ १० वटा विद्यार्थी सङ्गठन दर्ता भएका थिए भने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा भने ७ विद्यार्थी सङ्गठन मात्र चुनावका लागि फागुन १९ गते सोमबार दर्ता भएका थिए ।

महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार ४८४, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा कुल मतदाता सङ्ख्या ९५६, इन्जिनियरिङ क्याम्पसमा मतदाता नामावली प्रकाशनमा कुल सङ्ख्या २ हजार ३६२ रहेका छन् । त्रिभुवन विश्वविद्यालयको धरान स्थित आङ्गिक ३ क्याम्पसमा करिब ७ हजार ८०२ जना मतदाता रहेका छन् ।

यसैवीच  त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा अहिलेसम्म ८२ स्थानमा निर्विरोध अध्यक्ष चुनिएका छन् ।हालसम्म नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा छ ।अनेरास्ववियुले ३२ स्थानमा आफ्ना स्ववियु अध्यक्ष निर्विरोध चयन भएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएका छन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ । अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved