एमालेकाे जरा अभियानमा अग्रजकाे सदस्यता नवीकरण अभियान

  • फागुन २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान / बाम आन्दोलनका ऐतिहासिक केन्द्रहरूमध्ये एक बलाहामा नेकपा (एमाले) को सदस्यता नवीकरण अभियानलाई तिव्रता दिइएको छ।

यसै क्रममा, ८० वर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेल र ९२ वर्षीय वरिष्ठ नेता भवानी पोखरेलले आफ्नो सदस्यता नवीकरण गर्नुभएको छ।

नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले सञ्चालन गरेको वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँहरूले सदस्यता नवीकरण गर्नुभएको हो।

त्यस्तै, ७८ वर्षीय अच्युत खतिवडा, ७४ वर्षीय बुद्धकुमार नेपाल, ७३ वर्षीय गणेश निरौला, ७० वर्षीय मननारायण श्रेष्ठलगायत अग्रजहरूले पनि आफ्नो सदस्यता नवीकरण गरेका छन्।

नवीन सदस्यताका रूपमा ३० वर्षीय सबिस पोखरेलले समेत आफ्नो नाम दर्ता गराउनु भएको छ।

वडाध्यक्ष पार्वतीराज पोखरेलका अनुसार अभियानमा १५ जना अग्रजहरूको सदस्यता नवीकरण गरिएको छ। साथै, नयाँ पुस्तालाई पनि पार्टीमा समेट्ने योजना रहेको एमालेले जनाएको छ।

वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा प्रमुख अभियान्ता लोकेश निरौलाले अग्रजहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तासँग सहकार्य गरी बलियो पार्टी निर्माण गर्ने बताउनुभयो।

वडामा कुल ५ हजार मतदाता रहेको जनाउँदै निरौलाले पार्टी सदस्यता तीन प्रतिशतले बढाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य कालुराम गुरुङ, सुनसरी जिल्ला लेखा आयोग सचिव ईश्वरी घिमिरे, प्रदेश सल्लाहकार सदस्य गोबिन्द पोखरेल, जिल्ला लेखा आयोग सदस्य गीता गौतम, जिल्ला सल्लाहकार सदस्यहरू केदार पोखरेल, अन्जनी न्यौपानेलगायत नेताहरूको उपस्थिति थियो।

स्वागत मन्तव्य कैलाशपति चौधरीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लालबहादुर श्रेष्ठले गर्नुभएको थियो।

 

 

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved