वराहक्षेत्र मेयर लिग कप फुटबल: वडा नं. १ र ५ विजयी संगम बिष्ट

  • फागुन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलहरूमा वडा नं. १ र वडा नं. ५ विजयी भएका छन्।

प्रतियोगिताको पहिलो खेलमा साबिक विजेता वडा नं. १ ले वडा नं. १० लाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो।

यस जितसँगै वडा नं. १ ले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा पराजयसहित ६ अंक जोडेको छ।

भने, लगातार दुई खेलमा पराजित भएको वडा नं. १० अंकविहीन बनेको छ।

खेलमा एक गोल गरेका वडा नं. १ का छेङ्बिहाङ राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

त्यस्तै, दोस्रो खेलमा वडा नं. ५ ले वडा नं. ६ लाई ३-० को अन्तरले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो।

यो जितपछि वडा नं. ५ समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। वडा नं. ६ भने लगातार दुई खेल गुमाउँदै अङ्कविहीन रहेको छ।

खेलमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका वडा नं. ५ का अर्जुन कुँवर ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

लिग फर्म्याटमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा पहिलो प्रतिस्पर्धा वडा नं. २ र वडा नं. ४ तथा दोस्रो खेल वडा नं. ३ र वडा नं. ७ बीच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं. ७, देवीघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताले "खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" नारालाई आत्मसात् गरेको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved