धरानमा धर्मशाला र ध्यान साधनालय निर्माण, राष्ट्रपति पौडेलद्वारा फागुन ९ गते उद्घाटन

  • फागुन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा १६ कोठे धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालय निर्माण सम्पन्न भएको छ।

यो ऐतिहासिक धार्मिक तथा सामाजिक पहलको उद्घाटन फागुन ९ गते नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन्।

५० वर्ष पूरा गरेको अवसरमा मन्दिर व्यवस्थापन समितिले स्वर्ण महोत्सव मनाउँदैछ।

फागुन ९ देखि ११ गतेसम्म श्रीमद्भागवत महापुराण, त्रिदिवसीय अखण्ड पाठ, तथा विविध धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

निःशुल्क सेवा असहायका लागि

मन्दिरका संस्थापक अध्यक्ष तथा स्वर्ण महोत्सव संयोजक नेत्रप्रसाद आचार्यका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने विपन्न तथा असहाय बिरामीहरूलाई निःशुल्क आवास तथा सेवा प्रदान गर्न धर्मशाला निर्माण गरिएको हो।

१०८ जगत नन्दन शास्त्रीका अनुसार ‘सेवा नै धर्म’ भन्ने उद्देश्यका साथ गरिब तथा असहायका लागि निःशुल्क भोजन, आवास, र सहयोगको व्यवस्था हुनेछ। समितिले यो पहलले धार्मिक आस्थासँगै सामाजिक सेवामा नयाँ उदाहरण प्रस्तुत गर्ने विश्वास लिएको छ।

मठ-मन्दिरहरू केवल पूजास्थल मात्र नभई समाजसेवाको केन्द्र बन्नुपर्छ भन्ने सोचसहित निर्माण गरिएको यो धर्मशालाले विपन्न वर्गलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved