धरानमा धर्मशाला र ध्यान साधनालय निर्माण, राष्ट्रपति पौडेलद्वारा फागुन ९ गते उद्घाटन

  • फागुन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा १६ कोठे धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालय निर्माण सम्पन्न भएको छ।

यो ऐतिहासिक धार्मिक तथा सामाजिक पहलको उद्घाटन फागुन ९ गते नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन्।

५० वर्ष पूरा गरेको अवसरमा मन्दिर व्यवस्थापन समितिले स्वर्ण महोत्सव मनाउँदैछ।

फागुन ९ देखि ११ गतेसम्म श्रीमद्भागवत महापुराण, त्रिदिवसीय अखण्ड पाठ, तथा विविध धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

निःशुल्क सेवा असहायका लागि

मन्दिरका संस्थापक अध्यक्ष तथा स्वर्ण महोत्सव संयोजक नेत्रप्रसाद आचार्यका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने विपन्न तथा असहाय बिरामीहरूलाई निःशुल्क आवास तथा सेवा प्रदान गर्न धर्मशाला निर्माण गरिएको हो।

१०८ जगत नन्दन शास्त्रीका अनुसार ‘सेवा नै धर्म’ भन्ने उद्देश्यका साथ गरिब तथा असहायका लागि निःशुल्क भोजन, आवास, र सहयोगको व्यवस्था हुनेछ। समितिले यो पहलले धार्मिक आस्थासँगै सामाजिक सेवामा नयाँ उदाहरण प्रस्तुत गर्ने विश्वास लिएको छ।

मठ-मन्दिरहरू केवल पूजास्थल मात्र नभई समाजसेवाको केन्द्र बन्नुपर्छ भन्ने सोचसहित निर्माण गरिएको यो धर्मशालाले विपन्न वर्गलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved