माओवादीका नेता दाजु र भाईको आतंकः स्थानीय अजय मण्डललाई कुटपिट गर्दै ज्यान मार्ने धम्की (भिडियोहित)

  • माघ २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिव कुमार मण्डलका दाजु/भाईले स्थानीय एक जनालाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

आइतबार सुनवर्षी–६ स्थित कैमीमा माओवादी केन्द्रका नेता मण्डलका दाजु राजकुमार, भाई रामेश्वर र उनका भतिजहरु मिलेर स्थानीय अजय मण्डललाई कुटपिट गरेका हुन् ।

उनीहरुले ‘आमाचकारी’ गाली गर्दै लेखेटी–लखेटी कुटपिट गरेको अजयले बताएका छन् ।  

भिडियो :

उनले आफुले पाउने रकम माग्दा उल्टै पूर्वमन्त्री मण्डलका दाजु÷भाईले कुटपिट गर्ने र आगो लगाएर ज्यान मार्ने धम्की दिएको बताए ।

उनले लामो समयदेखि आफ्नो करिब तीन लाख रुपैयाँ लिन बाँकी रहेको र सोही विषयलाई लिएर उल्टै माओवादी नेता मण्डलका दाजुभाईले आफुलाई कुटपिट गरेको आरोप लगाए ।

अजयले आफुसहित कामदारहरुलाई पनि तथानाम अमाचकारी गाली गलौज गर्दै कुटपिट गरेको बताए ।

‘माओवादी नेताको परिवारको मान्छे भन्दैमा जे पनि गर्न पाइन्छ रु माथिसम्म पहुँच छ भन्दै आगो लगाएर मार्दिन्छु भनेका छन् ।

लखेटी–लखेटी कुटेका छन् ।’ उनले भने,‘असुरक्षित भएकाले रंगेली प्रहरीमा जाहेरी दिएको छु ।’  

अजयले जाहेरी दिएको प्रहरी स्रोत जनाएको छ । स्थानीयवासीले सो घटनालाई गम्भिर रुपमा लिएर शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved