माओवादीका नेता दाजु र भाईको आतंकः स्थानीय अजय मण्डललाई कुटपिट गर्दै ज्यान मार्ने धम्की (भिडियोहित)

  • माघ २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिव कुमार मण्डलका दाजु/भाईले स्थानीय एक जनालाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

आइतबार सुनवर्षी–६ स्थित कैमीमा माओवादी केन्द्रका नेता मण्डलका दाजु राजकुमार, भाई रामेश्वर र उनका भतिजहरु मिलेर स्थानीय अजय मण्डललाई कुटपिट गरेका हुन् ।

उनीहरुले ‘आमाचकारी’ गाली गर्दै लेखेटी–लखेटी कुटपिट गरेको अजयले बताएका छन् ।  

भिडियो :

उनले आफुले पाउने रकम माग्दा उल्टै पूर्वमन्त्री मण्डलका दाजु÷भाईले कुटपिट गर्ने र आगो लगाएर ज्यान मार्ने धम्की दिएको बताए ।

उनले लामो समयदेखि आफ्नो करिब तीन लाख रुपैयाँ लिन बाँकी रहेको र सोही विषयलाई लिएर उल्टै माओवादी नेता मण्डलका दाजुभाईले आफुलाई कुटपिट गरेको आरोप लगाए ।

अजयले आफुसहित कामदारहरुलाई पनि तथानाम अमाचकारी गाली गलौज गर्दै कुटपिट गरेको बताए ।

‘माओवादी नेताको परिवारको मान्छे भन्दैमा जे पनि गर्न पाइन्छ रु माथिसम्म पहुँच छ भन्दै आगो लगाएर मार्दिन्छु भनेका छन् ।

लखेटी–लखेटी कुटेका छन् ।’ उनले भने,‘असुरक्षित भएकाले रंगेली प्रहरीमा जाहेरी दिएको छु ।’  

अजयले जाहेरी दिएको प्रहरी स्रोत जनाएको छ । स्थानीयवासीले सो घटनालाई गम्भिर रुपमा लिएर शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved