राज्यबाट सधैं उपेक्षामा मदिरा व्यवसायीे कोशीपत्रका का.सम्पादक सम्मानित

  • माघ २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान मदिरा व्यवसायी संघले मोरङको केराबारी ६ मा ११ औं साधारणसभा सम्पन्न गरेको छ ।

केराबारी गाउँपालिका वडा नं. ६ मोरङमा रहेको कालिज फर्ममा आयोजना गरिएको सो ११ औै बार्षिक साधारणसभाको उद्घाटन मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु बन्जरालाले गरेका थिए ।

उद्घाटन अवसरम बोल्दै प्रमुख अथिति समेत रहेका केन्द्रीय उपाध्यक्ष बन्जाराले देशको विषम परिस्थितिमा पनि मदिरा व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि ठूलो संघर्ष गर्नुपरेको बताउदै मदिरा व्यापारीहरु समस्याका बाबजुद पनि व्यवसाय गर्न बाध्य हुनुपरेको बताए ।

उनँले व्यवसायी एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिए ।यस्तै नेपाल मदिरा व्यवसायी महासंघ कोशीका अध्यक्ष नविन तामाङले राज्यमा सबैभन्दा बढी कर तिर्ने मदिरा व्यवायीहरुलाई राज्यबाट व्यवसायिक सुरक्षाका लागि कुनै नीति नबनाएको भन्दै आश्चर्य प्रकट गरे ।

यस्तै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले व्यवसायिक हक हित र व्यवसायिक ज्ञानका लागि कर कार्यालय लगायत विभिन्न सम्बन्धित पक्षसँग व्यवसायीहरुलाई समय समयमा छलफल, बैठक गर्दै आएको बताउदै व्यवसायिक कामका लागि सबै संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

यस्तै इटहरी मदिरा व्यवसायी सघका अध्यक्ष राजन राईले सरकारको नीति स्पष्ट नभएकै कारण मदिरा व्यवसायीहरुलाई विस्थापित हुने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । उनले व्यवसायीहरु एकजुट भएर संस्थागत रुपमा अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

धरान मदिरा व्यवसायी संघका अध्यक्ष लिलकुमार माझीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका सचिव जीवन शाही र कोशाध्यक्ष विनित अग्रवालले बार्षिक आयव्यय प्रस्तुत गरैका थिए ।

कोशीपत्रका का.सम्पादक सम्मानित

सो अवसरमा कोशी पत्र दैनिकका कार्यकारी सम्पादक गोविन्द बस्नेत सम्मानित भएको छ ।

कार्यकारी सम्पादक बस्नेत सहित पुराना व्यवसायी एवम् समाजसेवी मनोज अग्रवाल, गोर्खा ब्रअरी प्रालिका प्रतिनिधि हेमराज दाहाल लगायतलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्लेलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved