धरान / धरान–१६ स्थित युएन नवोदय कलेजमा सोमबार सरस्वती पूजाकाे अवसर पारेर ३९ जना बालबालिकालाई कक्षा प्रवेशका लागि अक्षरारम्भ गरिएको छ ।
प्रिन्सिपल डम्बरकुमार तुम्बापाका अनुसार नयाँ भर्नाका लागि विद्यालय नपठाइएका बालबालिकालाई अक्षराम्भका निम्ति स्कुलमा भर्ना लिएको हो ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल तुम्बापो लगायतको उपस्थितमा विद्यार्थीलाई टिका लगाइदिएर स्वागत गरेका थिए ।
सरस्वती पुजाका दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन रहेको छ
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ ।
हिजाेकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।