महिलाले पहिला आर्थिक पाटो सबल बनाउनु पर्छ(भिडियो अन्र्तबार्ता सहित) "संघर्षको कथा"

  • कार्तिक १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान निवासी शुभेच्छा अधिकारी सर्बप्रथमतः गृहिणी महिला हुन । उनी पहिलो प्राथमिकता घर परिवारलाई दिन्छिन् ।

घर दरिलो भयो भने मात्रै समाज अनि राष्ट्रको लागि उदाहरण बन्न सकिन्छ र सबैभन्दा ठुलो आत्मा सन्तुष्टि नै त्यसमा नै मिल्छ , जव घरमा राम्रो हुन्छ ।

त्यहीँ सोँच र आत्मा सन्तुष्टिबाट समाजमा नि सक्रिय बनेकी अधिकारी घर अनि व्यवसाय गर्दै  बाहिर निस्किएपछि समाजसेवीको रुपमा पनि परिचित छिन्। उनी आधा दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा पनि आवद्ध रहेकी छिन् ।

सुनसरी उद्योग बाणिज्य संघको दुई कार्यकाल कार्यकारी सदस्य भएर व्यापार व्यवसायको हितमा पनि उक्तिकै नेतृत्वदायी भुमिका निर्वाह गरिन र अहिले पनि त्यो जिम्मेवारी र सेवा उस्तै नै छ ।

आफ्नै घरको प्रेरणाबाट समाजसेवामा पनि केही गर्नु पर्छ भन्ने उनको सोँच बलबाटै आज उनी नेपाल रेडक्रस सोसाईटी बाँझगरा उपशाखाको उप सभापति पनि रहेकी छिन् ।

उनलाई आफु केही गरौ र समाजलाई पनि केही गरेर सेवात्मक कामहरु गर्नु पर्छ भन्ने हुट हुटी लागि नै रहने भएकाले शुरुवाती दिनमाहरुमा आफ्नै घरमा काम गर्ने सहयो्गी महिलाको छोरालाई निशुल्क ट्युसन क्लास पठाएर सेवात्मक कामको शुरु गरेकी हुन् ।

पुराना दिनहरु सम्झँदै भन्छिन्,एक जना घरमा काम गर्ने सहयोगी महिला,‘जो दिनमा मकै पालेर बेच्थिन अनि छोराको लागि पढाई खर्च जोहो गरेर संघर्ष गर्दथिन, म आफुले नै उस्को छोरालाई निशुल्क ट्युसन पढाएँ र यसरी समाज सेवा प्रति मेरो रुची बढ्दै गयो,अरुलाई सेवा गर्न पनि अर्को सन्तुष्टि रहेछ नी ।’

यस्तै सामाजिक कामको हुटहुटीले नै अधिकारीले युवा दृष्टि समाज पनि खोलिन र हाल त्यसको संस्थापक अध्यक्ष समेत हुन् ।उनको समाजसेवा प्रतिको उचाई बढ्दै आज गैर सरकारी संस्था पार्टनरसीप डेभ्लोपमेण्ट नेपालको सचिव र धरान र काठमाण्डौलाई जोड्ने धरान सरोकार समाजको सदस्य पनि रहेकी छिन ।

सफल गृहिणी हुदैं व्यवसाय र समाजसेवा यी तीन पाटालाई एउटा ब्यक्तिले सम्हाल्नु र जिम्मेवारी वहन गर्नु सामान्य कुरा होइन । व्यवसायिक रुपमा उनीले नव युग होटलको सञ्चालक समेत हुन् ।

श्रीमान प्रमेश श्रेष्ठको जीवनसंगिनी भएर उक्त होटललाई पनि सञ्चालन गर्दै अघि बढ्ने तिनै अधिकारीसँग कोशी पत्रका कार्यकारी सम्पादक रणध्वज लोहारले कोशी पत्रको ‘संघर्षको कथा’मा गरेको अन्तरंग प्रस्तुत गरिएको छ । 

भिडियो :

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved