मेक्सिको सेनाले गोली चलाउँदा  ६ जनामा नेपाली मारिए  

  • असोज १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । त्यसमा नेपाली पनि परेको आशंका गरिएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयले मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरी ठाउँमा यो घटना भएको जनाएको छ ।

उक्त घटनामा थप १० जना आप्रवासी घाइते भएका छन् ।

मन्त्रालयका अनुसार मेक्सिकन सैनिक गस्तीमा निस्किएका बेला आप्रवासी बोकेको पिकअप गाडी तीव्र गतिमा यात्रा गरिरहेको अवस्थामा भेटिएको थियो ।

सेनाले उक्त गाडीलाई रोक्न खोजेको थियो । तर रोक्नबाट असफल भयो । ‘सेनाले विष्फोटको आवाज पनि सुनेको’ अधिकारीले दाबी गरेका छन् ।

गाडीमा सवार व्यक्तिले हतियार बोकेको आशंकामा दुई अधिकारीले गाडीमाथि गोली चलाएका थिए । सोही गोलीबाट ६ जनाको मृत्यु भएको हो । उक्त गाडीमा ३३ जना सवार रहेको जनाइएको छ ।

मेक्सिकन रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार उक्त गाडीमा सवार आप्रवासीहरू इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानबाट आएका थिए ।

मृत्यु हुनेहरूको राष्ट्रियता भने प्रस्ट खुलाइएको छैन । गोली चलाएपछि खानतलासी गर्दा गाडीमा हतियार नभेटिएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

निहत्थामाथि गोली चलाएको विषयमा मेक्सिको सरकारले आफ्नै सैनिक अधिकारीमाथि अनुसन्धान पनि गरिरहेको छ ।

अवैध बाटो हुँदै अमेरिका छिर्न चाहने हजारौँ आप्रवासीहरू प्रत्येक वर्ष दक्षिण अमेरिकाबाट मेक्सिको हुँदै बसहरू, ट्रक र मालबहाक रेलमार्फत यात्रा गर्छन् । यो मेक्सिकोका लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।

 

 

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved