आइतबार नेपाली बजारमा बढ्यो सुनको मूल्य

  • कार्तिक १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको छ ।

कात्तिक एक गतेदेखि हरेक दिनजसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

कात्तिक एक गतेदेखि सुनको मूल्य बढिरहेको छ । ३० असोजमा प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।

एक कात्तिकमा सुनको मूल्य तोलामा १३ सयले बढेर एक लाख १३ हजार २ सय रुपैयाँ पुगेको थियो ।

कात्तिक २ मा पुनः ५०० रुपैयाँले बढेर सुनको मूल्य एक लाख १३ हजार ७ सय रुपैयाँ पुगेपछि यस वर्ष सुनको मूल्यले गत साउनको उच्च बिन्दु प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँको रेकर्ड तोडेको थियो ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved