भारतीय ज्याम्बोरीमा भाग लिन नेपाली टोली प्रस्थान

  • पुस १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ ।

यही जनवरी ४ देखि १० तारिखसम्म आयोजना हुने ज्याम्बोरीमा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीले त्यसतर्पm प्रस्थान गरेको हो ।

१ नम्बर प्रदेश स्काउट सदस्य हेमन्त भण्डारी तथा धरान नगर तथा माउन्ट हर्मन स्काउट दलका अध्यक्ष अनुप योन्जन तामाङको नेतृत्वमा गएको टोलीमा माउन्ट हर्मन स्काउटका अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती पनि सम्मिलित छन् ।

यसबारे जानकारी दिन शनिबार आयोजित छोटो कार्यक्रममा प्रदेश स्काउट सदस्य भण्डारीले ज्याम्बोरीमा सहभागी देशका टोलीहरूले साहसिक र बौद्धिक क्रियाकलापका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गर्ने बताए । त्यहाँ सांस्कृतिक आदान–प्रदान पनि हुने माउन्ट हर्मन स्काउट दलका अध्यक्ष तामाङले जनाए । ज्याम्बोरीमा २२ देशका करीब ३५ हजार स्काउटहरू सहभागी हुने बताइएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved