आजबाट आहा रारा गोल्डकप सुरु उद्घाटन खेल धरान र सहारा क्लबबीच

  • पुस १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / उद्घाटन खेलमै आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि धरान फुटबल क्लबका खेलाडीहरु मंगलबार नै पोखरा प्रस्थान गरेका छन् । धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले विदाई गरेका थिए । उनले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए ।

सो अवसरमा मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना दिएका थिए । उनले भने–‘धरान उपमहानगरपालिकाले खेलकुदको विकासका लागि धेरै काम गरेको छ, आगामी दिनमा उपमहानगरपालिकाले योजना र कार्यक्रम ल्याउने तयारीमा छौ ।’

आहा रारा गोल्डकपबाट विजेता हुनेहरुले १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिएका छन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा वचत रकम क्लबबाट सञ्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरुले आवासीय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved