जाडो बढेसँगै भक्काको व्यापार बढ्यो

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / जाडो बढेसँगै भक्काको व्यापार बढेको छ । अहिले भक्का बनाएर व्यापार गर्र्नेहरुलाई भ्याई नभ्याई रहेको छ । चामलको पिठोबाट बनाइएको भक्का अचारसंग तातो तातो खाँदा जाडो हराउने भक्का खान आउनेहरुले बताएका छन् । जाडो महिनामा गर्मी महिनामा भन्दा भकाको परिकार निकै लोकप्रिय बन्ने गरेको छ ।

जाडो महिनाभरि भकाकाको राम्रो व्यापार हुने धरान ९ आचार्यलाइनमा भक्का बेच्दै आएकी देवीकुमारी राजधामीको भनाई छ । उनले भनिन्–‘अन्य बेला भक्काको ब्यापार राम्रो नभए पनि जाडो महिनामा भक्काको व्यापार राम्रो हुन्छ, धेरैले जाडोमा भक्का मना पराउने गर्छन् ।’ उनका अनुसार भकाको ब्यापार मंशिर महिनादेखि थोरै थोरै हुने गर्छ । उनले जाडो महिनामा दैनिक ४ देखि ५ सय सम्ममको भक्का बिक्री गर्ने गर्छिन् । उनले भनिन्–‘धरानमा धेरै जाँडो हुँदैन, चार महिनामात्र जाडो हुन्छ, यो अवधिमा मैले दैनिक ४ देखि ५ सय सम्म बिक्री गर्ने गर्छु ।

उनका अनुसार चार महिनामा पनि पुष र माघमा बढी भक्काको व्यापार हुने गर्छ । उनलाई उनका श्रीमान रमेश राजधामीले सघाउने गर्छन् । सिटी सफारी चलाउँदै आएका उनी फुर्सदको समयमा श्रीमतिलाई भक्का बनाउन सघाउछन् । भक्काकै व्यापारबाट ६ जनाको परिवार पाल्दै आएको राजधामी परिवार बताउँछन् । उनीहरु भन्छन्–‘भक्का बेचेर आएको पैसाले हामीलाई भरथेग गर्ने गरेको छ, घरखर्च गर्न धेरै सहयोग पुगेको छ ।’

जाडोको समयमा भक्काको अत्याधिक बिक्री भएकै कारण तीनबजेदेखि नै भक्का बनाउने गरेको देवीकुमारी बताउँछिन् । भक्का बनाउँदा दाउरा चाहिने उनले सुनाइन् । दाउरा पाउन गाह्रो हुनेदेखि लिएर आगो नबल्दा भने समस्या हुने बताइन् । उनले भनिन्–‘भक्का खानेहरुले तातो तातो खोज्छन्, कहिलेकाही दाउरा नबलेर तनाव हुन्छ ।’

राजधामी परिवारमात्र हैन धरान ९ को बगैँचालाईनमा जाडोको समयमा भक्का बेच्दै आएकी सम्झना माझीले समेत भक्का बेचेर परिवारको गुजारा चलाएकी छन् । उनले भनिन्–‘जाँडो भगाउने भन्दै ग्राहकहरु भक्का खान धेरै आउँछन ।’ उनले भक्का जाडो भगाउने मात्र हैन चामलको पिठोबाट बनेको भक्का वाफबाट पाक्ने भएकोले पनि स्वास्थ्यमा कुनै असर नगर्ने भएरै रुचाएको हुनसक्ने सुनाइन् । विगत चार बर्षदेखि भक्काको व्यापार गर्र्दै आएको राजधामीले बताइन् ।

उनलृ भनिन्–‘मैले यही ठाउँमा भक्का बेच्न थालेको चार बर्ष भयो, राम्रो व्यापार भएकै कारण छोड्न सकेकी छैन ।’ उनले पनि भक्का बेचेर दैनिक ४ सयदेखि ५ रुपैया कमाई हुने बताइन् ।
उनले एउटा भक्कालाई १५ रुपैयाँमा बेच्ने गरेपनि जोडी लिँदा २५ रुपैयामै दिने गरेको सुनाइन् । उनले भनिन्–‘अहिले म दैनिक ६ केजी चामलको पिठोको भक्का विक्री गर्छु, केही नभए पनि घर खर्च त आउँछ ।’ उनीजस्तै धरान १९ हरियाली छेउमा भक्का बेचने कमलाले समेत दैनिक ५ केजी पिठोको भक्का बेच्ने गरेको बताउँछिन् । 
जाडो महिनामा भक्का सबैले मन पराउने गरेको उनी सुनाउँछिन् । जाडो महिनामा सर्वसाधारणले भक्का मन पराउने गरेका कारण अहिले धरानमा भक्काको व्यापार गर्नेको सख्या बढेको छ । धरानमात्र हैन जाँडो महिनाभरि पूर्वका विभिन्न सहरहरुमा भक्काको व्यापार गर्नेहरुले राम्रै कमाई गर्ने गर्छ ।

पहिले चौधरी समुदायले मात्रै बेचने गरेको भक्का अहिले धेरैले खाजाको रुपमा लिने गरेका छन् । भक्का अहिले सबै समुदायको रुचिको खाजा बनिसकेको छ । भक्का खाजाको रुपमा अत्यन्तै राम्रो भएकोले प्राय ः खाने गरेको धरान १५ की अञ्जु राईले बताइन् । उनले भनिन्–‘एउटा भक्काले पेट ड्याम्मै अघाउँछ, जाँडो पनि हटाउँछ, त्यही भएर जाडोको मौसममा प्राय ः म भक्का खाने गर्छु ।’

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved