फोहोरमैला व्यवस्थापन प्रणाली घर

  • पुस १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान \  नेपाल पर्यटन वोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारिमा साँगुरीगढीका विभिन्न ६ वटा पर्यटकीय स्थानमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) अन्र्तगत साँगुरीगढी गाउँपालिकासँगको लागत साझेदारिमा उक्त पर्यटकीय स्थानहरुमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुने फोहोरहरुलाई व्यवस्थापन गर्न सहज हुने उनले बताए ।

उनका अनुसार ाँगुरीगढी गाउँपालिका वडा नं. ६ र ८ का पर्यटकीय स्थानहरु पाथिभरा मन्दिरको दुई स्थान पार्किङ स्थल र मन्दिर पुग्ने स्थलभन्दा अघिल्लो स्टेशन, साँगुरीगढी, पिकनिक स्पट, झण्डी डाँडा, नमस्ते झरनामा निर्माण गरिएको छ ।

ती घरहरुको निर्माण लागत २१ लाख ३३ हजार २ सय १५ रुपैया छ । जसमध्ये गाउँपालिकाको १२ लाख लगानी रहेको छ । त्यस्तै स्थानीय वासिन्दाको १ लाख ५ हजार २ सय १५ रुपैया जनश्रमदान बापत लगानी रहेको छ । गत असोज २७ गतेदेखि निर्माण सुरु गरिएको उक्त परियोजनाको काम कात्तिक ३० गते भित्र निर्माण सम्पन्न भइसकेको थियो ।

निर्माण सम्पन्न भइसकेका ती प्रणालीको घरमा फोहोर व्यवस्थापनको कार्य सुरु भइसकेको फोहोर मैला व्यवस्थापन प्रणाली उपभोक्ता समितिका अध्यक्ष थामेश्वर सुब्बाले बताए । सो फोहोर व्यवस्थापन प्रणाली परियोजनाबाट मासिक ३ हजार जना पर्यटक लाभान्वित हुने उनले बताए । पर्यटकको चहलपहल हुने स्थान पहिचान गरि छनोट गरिएको उनको भनाई छ ।

फोहोरमैला व्यवस्थापन प्रणाली घर भित्र तीन वटा च्याम्वर ब्लक रहेका छन् । तीन च्याम्बर ब्लकमा सिसाजन्य पदार्थ, कागजजन्य पदार्थ र प्लाष्टिकजन्य पदार्थ छुट्याउने गरि वेग्ला वेग्लै छन् । हरेक च्याम्वर फोहोरले भरिसकेपछि पछाडि ब्याक साइडमा रहेको ढोकाबाट निकाल्न सक्ने गरि व्यवस्था गरिएको छ । ती च्याम्बरमा संकलन भएको फोहोरलाई हप्तामा दुई पटक गाउँपालिकाको ट्याक्टरले अस्थायी फोहोरमैला संकलन केन्द्रमा लगेर व्यवस्थापन गरिनेछ ।

फोहोर व्यवस्थापन प्रणाली निर्माणले फोहोर व्यवस्थापनको समस्यालाई धेरै हदसम्म समाधान दिएको निर्माण कार्यको अनुगमन समितिका संयोजक तथा भेडेटार नागरिक समाजका संयोजक रमेश सुब्बाले बताए । ती ठाउँमा प्लाष्टिकका डस्वीन, वासको टोकरी राखेर फोहोर संकलन गर्दा दिगो हुन सकेन । राखिएका डस्वीनहरु फुटाइदिने, फ्याकिदिने जस्ता कार्य भइरह्यो । डोको, वोराहरु ठाउँ ठाउँमा राखिदिँदा पनि समस्या समाधान हुन सकेन । तर व्यवस्थापन प्रणाली घर निर्माणले फोहोरको व्यवस्थापन सहज भएको उनको भनाई छ ।

परियोजना मार्फत निर्माण भएको फोहोरमैला व्यवस्थापन प्रणाली घर फोहोर व्यवस्थापनको हिसावले उपयुक्त रहेको गाउँपालिका इन्जिनियर दिपक राईले बताए । तर जनचेतना आवश्यक रहेको उनको भनाई छ । आफुले गरेको फोहोर प्रणाली घरमा छुट्याएर राख्नुपर्छ भन्ने जनचेतना यहाँ आउने पर्यटकहरुमा भयो भने धेरै सहज हुने उनले बताए ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved