विराट एक्स्पो : शनिवार अत्याधिक भीड

  • पुस १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर /  विराटनगर–१४ मा रहकेो डिग्री कलेजको मैदानमा भएको विराट एक्स्पोे आजबाट समापन हुँदैछ । मंसिर २९ गतेदेखि सञ्चालन भएको एक्स्पो पुस ६ गतेसम्म गर्ने लक्ष्यका साथ आयोजना गरिएको थियो । तर सबैको चाहना अनुरुप एक्सपोको समय थप गर्दै १० गतेसम्म पु¥याइएको थियो ।

एक्स्पोमा आफ्नो उत्पादन लिएर आएका उद्योगी, व्यवासयी तथा एक्स्पो अवलोकन गर्न आउनेहरुको चाहना अनुसार समय बढाइएको आयोजकले जनाएको छ । दैनिक एक्स्पो अवलोकन गर्न सबै उमेर समूहका अवलोकनकर्ताहरु आएका थिए । एक्स्पोमा प्रदेश १ को विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहारबाट समेत अवलोकन गर्न आएका थिए ।

एक्स्पो अवलोकनमा आउने अधिकांशले दैनिक उपभोग्य वस्तुमा बढी भीड हुने गरेको थिगयो । यसका साथै सवारी साधन तथा लत्ताकपडा खरिदकर्ताहरुको राम्रै भीड रहेको उद्योग संगठन मोरङले जनाएको छ ।

बालबालिकाहरुको आकर्षण रोटेपिङलगायतको खेल्नेमा रहेको थियो । प्रत्येक दिन अलग अलग किसिमका साँस्कृतिक र साँगीतिक महोल अर्को आकर्षण रहेको छ । साँझमा आयोजना हुने साँगीतिक कार्यक्रममा युवायुवतीको उल्लेखिएको उपस्थिति रहँदै आएको छ । एक्स्पोको अन्तिम दिन आइतबार ‘कबवेब ब्याण्ड’को प्रस्तुति रहने छ ।

यसरी गरी, एक्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved