धनकुटाको गोकुण्डेश्वर मावि प्रयोग विहीन

  • साउन ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सदरमुकाम धनकुटामा रहेको गोकुण्डेश्वर मावि प्रयोगविहीन भएको छ । लाखौ रुपैया खर्चिर निर्माण भएको सो भवन प्रयोग विहीन बनेको हो ।

धनकुटाको सल्लेरी वन नजिक नेपाल सरकारको ६८ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको हो । भवन बनेको लामो समय भएपनि प्रयोग नभएको स्थानीय ज्ञानबहादुर थापाले बताए । उनले भवन निर्माण भएको लामो समय भएपनि प्रयोग भएको नदेखेको बताए । उनले भने–‘कतिपय ठाउँमा भौतिक संरचना नभएर विद्यार्थीहरुलाई चौरमा राखेर पढाउनुपर्ने अवस्था छ, तर यो विद्यालय भने निर्माण भइसक्दा पनि प्रयोगविहीन छ ।’

२०७२ सालको भूकम्पपछि निर्माण भएको ४ कोठे भएको पक्की भवन दुई वर्षसम्म प्रयोग नहुँदा त्यत्तिकै पुरानो बन्न थालेको छ । भवन बनेको ठाउँमा रहेको सरस्वती प्रावि केही वर्षअघि गोकुण्डेश्वर माविमा गाभिएपछि पढाइ सहज बनाउन भवन निर्माण गरिएको हो ।

भवन उद्घाटनको अनुकूलता नभएर, बाटोको समस्या तथा शौचालयको अभावका कारण भवन प्रयोगमा समस्या भएको विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले बताए । उनले भने–‘ कोशी राजमार्गमा जोडिएर रहेको भवनका कारण ध्वनि प्रदूषणका कारण सुनसान ठाउँमा भवन बनाउदा विद्यार्थीलाई समस्या त छँदैछ, शौचालयको समेत समस्या छ, जसले गर्दा सो भवन प्रयोग विहीन भएको हो । ’

प्रयोगविहीन भवनको अहिलेसम्म उद्घाटन सम्म हुन सकेको छैन । अघिल्लो वर्ष कोभिड र विभिन्न विदाका कारण भवन उदाटन गर्न नसकिएको प्रअ. चापागाईंले बताए । उनले भने –‘कोडिका कारण भवन समेत उद्घाटन गर्न सकिएको छैन, उद्घाटन भएका कारण पनि प्रयोगविहीन भएको हो ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved