मेघा कलेज आकर्षणको केन्द्र बन्दै

  • साउन २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान मेघा कलेज अहिले विद्यार्थी र अभिभावकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कलेजमा अहिले दिनहुँ ५०–६० जना विद्यार्थी भर्ना र सोधखोजका लागि आउने गरेको प्रशासकीय निर्देशक कैलाश लिम्बूले बताए ।
धरान मात्र होइन, वरपरका पहाडी र तराई क्षेत्रका विद्यार्थी–अभिभावकहरूको रोजाइमा पनि मेघा नै पर्न थालेको छ । कलेजका बीबीएस तथा व्यवस्थापन सङ्कायका संयोजक चन्द्र वनेमले उत्कृष्ट परिणामकै कारण कलेजप्रति विद्यार्थी र अभिभावकहरूको आकर्षण बढेको बताए । मेघाले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा जोड दिएको प्रशासकीय निर्देशक लिम्बूले जनाए । ‘दक्ष र अनुभवी शिक्षकहरू भएका कारण विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँछन्’, उनले भने, ‘विद्यार्थी–अभिभावकहरूको रोजाइमा पर्नुको मुख्य कारण पनि यही हो ।’ विद्यार्थीहरूको आवश्यकतालाई ध्यान दिँदै कलेजले बेला–बेलामा विषयविज्ञ अतिथि प्राध्यापक (गेस्ट लेक्चर) लाई पनि बोलाउने गरेको होटल म्यानेजमेन्टका विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए ।
गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले वि.सं. २०६६ सालमा केही ऊर्जावान् युवाले स्थापना गरेको मेघाले १३ वर्षमा समाजमा सकारात्मक छवि बनाएको यहाँ अध्ययनरत् विद्यार्थीका अभिभावकहरू बताउँछन् । गुणस्तरीय शिक्षाका लागि राजधानी जानुपर्ने बाध्यता आपूmहरूले अन्त्य गरिदिएको कलेजका प्रिन्सिपल भाष्कर पौड्यालको भनाइ छ । उचित शुल्कमा गुणस्तरीय शिक्षा दिनु आपूmहरूको उद्देश्य भएको बताउँदै उनले थपे, ‘विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा हामीले जोड दिएका छौँ ।’ उनको विचारमा विद्यार्थी–अभिभावकहरूको रोजाइमा पर्नुको कारण यो पनि हो ।

गुणस्तरीय शिक्षाका लागि आधुनिक उपकरणयुक्त विज्ञान प्रयोगशाला र कम्प्युटर पढ्ने विद्यार्थीका लागि पर्याप्त कम्प्युटरको व्यवस्था गरिएको शैक्षिक निर्देशक अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँ विज्ञान र होटल म्यानेजमेन्ट सङ्कायमा प्रयोगात्मक कक्षालाई विशेष ध्यान दिइन्छ । यहाँका विज्ञान प्रयोगशालाहरूमा पर्याप्त उपकरणहरू छन् ।

IMG-20220726-WA0003 IMG-20220726-WA0010 IMG-20220726-WA0013 IMG-20220726-WA0001 IMG-20220726-WA0005 IMG-20220726-WA0012 IMG-20220726-WA0004 295682990_763040788070152_3346526788729028789_n

होटल म्यानेजमेन्टका विभागीय प्रमुख श्रेष्ठले मेघामा रहेको होटल म्यानेजमेन्टको प्रयोगशाला प्रदेशमै उत्कृष्ट भएको दावी गरे । यहाँको प्रयोगशालामा तारे होटल स्तरको आकर्षक डिलक्स रुम, किचेन र रेस्टुरेन्ट रहेको श्रेष्ठले जनाए । डेढ करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका विज्ञान तथा होटल म्यानेजमेन्ट प्रयोगशालाका कारण विद्यार्थी मात्र होइन, अभिभावकहरूसमेत शिक्षाको गुणस्तरबाट सन्तुष्ट देखिन्छन् । शैक्षिक क्षेत्रमा लामो अनुभव प्राप्त तथा काठमाडौँका नेम्स, पीईए, ह्वाइट हाउस, गोल्डेन गेटजस्ता शैक्षिक संस्थाहरूमा अध्यापन गरिसकेका दक्ष जनशक्ति भएकै कारण मेघामा शैक्षिक गुणस्तरमा कुनै सम्झौता नहुने प्रिन्सिपल पौड्याल बताउँछन् ।

मेघामा अहिले साइन्स, पूmड एन्ड न्युट्रिसन, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभेल एन्ड टुरिजम र कानुन विषयमा अध्ययन–अध्यापन भइरहेको कलेजका पौड्यालले जनाए । आधुनिक शिक्षण प्रणालीका लागि मेघाका प्राध्यापकहरू र व्यवस्थापन पक्षले संयुक्त प्रयास गरेकै कारण सफल भएको उनको भनाइ छ । शिक्षामा प्रविधिलाई जोड्दै हाइकिङ तथा शैक्षिक, औद्योगिक र व्यापारिक भ्रमण पनि मेघा कलेजका विशेषता हुन् । प्रयोगात्मक विधिबाट ज्ञान प्रदान गर्न यस्ता क्रियाकलापहरू गरिने प्रशासकीय निर्देशक लिम्बूले बताए । मेघा कलेजले विद्यार्थीको रुचिअनुसार अतिरिक्त क्रियाकलाप गराई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved