युएनमा प्रवेश परीक्षा सम्पन्न: साउन २९ गतेबाट कक्षा सञ्चालन हुने

  • साउन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कक्षा ११ भर्नाका लागि युएन नवोदय कलेजले प्रवेश परीक्षा लिएको छ । धरान–१६ मा रहेको कलेजले एसइइ.उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नया भर्नाका लागि शनिबार प्रवेश परीक्षा लिएको हो । कक्षा सञ्चालन भने साउन २९ गतेबाट हुने कलेजले जनाएको छ ।

विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युएन नवोदयमा प्रवेश परीक्षा दिनका लागि एसइइमा राम्रो अंक ल्याएर पास गर्ने अब्बल विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सििल डम्बरकुमार तुम्पाफोले बताए । उनले भने–‘प्रवेस परीक्षामा एसइइ. स्टेट–१ सिङ्गिङ आइडलका बिजेता, डान्सिङ आईडलका बिजेता, एसइइ.स्पिकरका बिजेता, जिल्ला टपर, स्कुल टपर लगायतका प्रदेश १ का प्रतिभावान विद्यार्थीहरुले सहभागी थिए ।’

कलेजले साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स फेकल्टीमा अध्यापन गराउदै आएको बताउदै उनले साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागि अत्याधुनिक प्रयोगशालाका रहेको बताए ।

कलेजका साइन्स कोर्डिनेटर आकाश अधिकारीले विज्ञान शंकायमा दक्ष अध्यापकहरुले विद्यार्थीलाई पढाउने भएकोले शिक्षाको गुणस्तरमा कुनै कमी नभएको बताए ।

शिक्षाको गुणस्तरलाई समयको माग अनुसार सुधार गर्दै आएको युएन नवोदय

होटल म्यानेजमेन्टका लागि प्रदेश नम्बर १ मै ब्रान्ड कलेज भएको प्रिन्सिपल तुम्बापोले बताए । उनले भने– ‘प्लस टु मा पढ्ने बिद्यार्थीहरुले प्राक्टिकल गर्न बिएचएम.का लागि बनाईएको किचन ल्याबको व्यवस्था गरेका छौं ।’

होटल म्यानेजमेन्टका कोअर्डिनेर गगनमात्र श्रेष्ठले होटल म्यानेजमेन्टका लागि कलेजले विद्यार्थीहरुलाई बढी भन्दा बढी प्राक्टिकलमा जोड दिइने गरेको बताए । उनले पठन पाठन मात्र नभएर उनीहरुको रुचि अनुसारको विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिने गरेको बताए ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको रुपमा युएन नवोदय स्थापित भएको बताए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved