दिवगंत लिम्बुको स्मृतिमा बास्केट बल रनिङ कप हुन

  • साउन ९, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । दिवंगत मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा डिपो बास्केटबल रनिङ्ग कप हुने भएको छ ।

डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको हो ।

डिपोका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लिम्बुको स्मृतिमा श्रावण १५ गते देखि १९ गते सम्म प्रतियोगिता हुन लागेको आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा एसइइ दिएका विद्यार्थीहरुे सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले जानकारी दिए ।

प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद २ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरुले साउन १२ गते सम्म सम्पर्क राख्न सकिने डिपोका प्राचार्य राजकुमार राईले बताए । उनले १३ गते खेलको तालिका सार्वजनिक गरिने बताए ।

दिवंगत लिम्बु २०५९ देखि २०७८ सम्म डिपो सार्वजनिक शैक्षिक गुठीको संस्थापक अध्यक्ष रहेका थिए । यस्तै, २०४७ देखि २०६२ साल सम्म विद्यालय व्यवस्थापन समितिको वरिष्ठ सल्लाहकार तथा २०६२ देखि २०७८ साल सम्म विद्धालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा रहेर काम गरेका थिए l

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved