युएन.नवोदयका विद्यार्थीले जेष्ठ नागरिकलाई खाना खुवाए

  • साउन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विद्यार्थीहरुलाई सामाजिक कार्यमा अभिप्रेरित युएन, नवोदयका विद्यार्थीहरुले हेप्पिङ हेन्डस् गठन गरी विभिन्न स्थानमा सहयोग पु¥याएका छन्

पछिल्लो समय यु.एन.नबोदय हेल्पिङ ह्यान्ड्समा आबद्ध बिद्यार्थीहरुले शनिबार ज्येष्ठ नागरिकहरुलाई खाना खुवाएका छन ।

इटहरी–१६ पकलीमा रहेको रामजानकि बृद्धाश्रममा पुगेर उनीहरुले आश्रमका जेष्ठ नागरिकहरुलाई आफै खाना पकाएर खुवाएका छन् ।

खना खुवाउनुका साथै जेष्ठ नागरिकहरुको नङ, कपाल काटिदिएका थिए । । हेल्पिन्ङ ह्यान्ड्सका संयोजक राम लिम्बुले आश्रमका सचिव रेनुका ओझालाई ५ हजार रुपैया नगद समेत हस्तान्तरण गरेका थिए । आश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएकोे बताए ।

कलेजका बिद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सामेल गराउदै सामाजिक कार्यमा समेत जिम्मेवारी बोध गराउने उद्देश्यले बृद्धाश्रममा जेष्ठ नागरिकहरुलाई खाना खुवाउनुका साथै नगद प्रदान गरिएको कलेजका प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिए ।

आश्रमका अध्यक्ष बिष्णु बहादुर डागीले बिभिन्न सहयोगी दाताहरुकै भरमा चलेको यो संस्था नगद सहयोग सहित आश्रममा रहेकालाई खाना खुवाएर सहयोग पुर्‍याएकोमा धन्यवाद दिए ।

विद्यार्थीहरुले सन्तान अभावमा मानसिक तनाव झेलिरहेका उनीहरुलाई नाचगान गरेर रमाईलो गरेका थिए । ज्येष्ठ नागरिक राधिका न्यौपानेले खुशी व्यक्त गरिन् । सो अवसरमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठ, अध्यापक नाम्लिङ हाङ चेम्जोङ र एस.ई.ई.स्टेट–१ डान्सिङ स्टारकी बिजेता नुमा लिम्बु सहभागिता रहेको थियोा ।

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved