मिस एण्ड मिस्टर एसईईको प्रतिभा

  • असार २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मिस एण्ड मिस्टर एसइइका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगिहरूले ट्यालेन्ट राउण्डमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।

प्रतियोगिताको फाइनलमा दृश्टी भण्डारी, एलिजा खत्री, पबिना गुरुङ्ग, प्रतिष्ठा रिजाल, प्रियंकाकुमारी साह, रिया कुमारी राजबंशी, सबिना बिस्ट, सचिता कुमारी महतो पुगेकी छिन् । यस्तै स्मारिका सुबेदी, सृजना चौधरी,सुप्रियाचौधरी, अरुण कुमार साह, हृदेश राइ र रोहन रसैली पुगेका छन् ।

ट्यालेन्ट राउण्डको निर्णायहरुमा जय मिडिया मेनेजमेन्टका चियरमेन जय राज राय, मिस कोशीको २०२१ को बिजेता प्रशिका श्रेष्ठ, मिस कोशीको मिस ट्यालेन्ट भएकी आयुशा आचार्य र नृत्य निर्देशक राज साह रहेका थिए ।

प्रतियोगिताको विजेताले प्लस टु (+२) मा निःशुल्क छात्रवृती प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । बिजेता हुने मिस र मिस्टर दुवै जनाले विराटनगरस्थित कान्तिपुर कलेजमा पूर्ण छात्रवृत्ति पाउने छन् ।

फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति र अर्गनाइजेशन च्वाइस हुनेले ६० प्रतिशत छात्रवृति पाउनेछन् । छात्रवृत्ति पाउने प्रतियोगिले विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्ट मध्ये कुनै पनि विषय रोजेर पढन पाउनेछन् ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved