कवितातर्फ प्रकाश निरौला र निवन्धतर्फ तृष्णा भट्टराई प्रथम

  • असार ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए

प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ मा अध्ययनरत छात्र प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेशनका कृष प्रसाई सान्त्वना भएका थिए ।

त्यस्तै निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात्रा तृष्णा भट्टराई प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेसनकी मनिका भण्डारी दोस्रो, मोहनमाया माविकी पुजा पुरी तेस्रो र देवी माविकी रोजु भण्डारी शान्त्वना भएका थिए ।

निबन्ध र कविता प्रतियोगितामा सहभागी १०÷१० जना विद्यार्थीमध्ये उत्कृष्ट चारजनालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको कार्यक्रममा प्रतिष्पर्धामा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो । जीवन सुवेदीको संयोजकत्वमा मोक्ष सुवेदी र ठाकुर पोखरेल सदस्य रहेको निर्णायक समितिले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

संस्थाकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल, विशेष अतिथि प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष राजेन्द्र संग्रौला, साहित्यकार कुमार भट्टराई, साहित्य चौतारी झापाका संस्थापक देवीभक्त श्रेष्ठ लगायतले शुभकामना शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मुना प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन जीवन खड्काले गर्नुभएको थियो । सो अवसरमा कुमारी चेम्जोङ लगायतले कविता वाचन गरेका थिए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved